खल्तीले ल्यायो एपबाटै ब्लुबुक नवीकरण सुविधा, यस्तो छ प्रक्रिया

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने खल्तीले बताएको छ ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू बागमती प्रदेशको यातायात व्यवस्थापन सूचना प्रणालीमा भरेको हुनुपर्छ । यदि यो विवरण भरेको छैन भने यसका लागि नागरिक एप वा बागमती प्रदेशको पोर्टलबाट सहज तरिकाले भर्न सकिन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब निम्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सकिन्छ :

– खल्ती एप भित्र भएको गभरमेन्ट सर्भिसेसमा रहेको ‘ब्लुबुक रिन्यु’ मा नवीकरणमा ट्याप गर्नुहोस् ।
– आवश्यक विवरणहरू भर्नुहोस् र भुक्तानी गर्न अगाडि बढ्नुहोस् ।

नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लागेका ग्राहकलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि एपमै उपलब्ध गराइएको छ । भुक्तानी गर्नासाथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्सन मा गई दुबै बिल प्राप्त गर्न सकिन्छ ।

थप प्रक्रियाको लागि प्रयोगकर्ताले ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नु पर्नेछ ।

सम्बन्धित समाचारहरू

गाडीको रङले दुर्घटनाको सम्भावनालाई प्रभाव पार्न सक्छ ?

गाडीको रङले दुर्घटनाको सम्भावनालाई प्रभाव पार्न सक्छ ?

गाडीको रङले दुर्घटनाको सम्भावनालाई प्रभाव पार्न सक्छ । यो सुन्दा अचम्म...

पाथीभरा जाने सडक कालोपत्र हुने

पाथीभरा जाने सडक कालोपत्र हुने

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक...

बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीको भाडा, यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने

बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीको भाडा, यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने

काठमाडौं – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...