सेकेन्ड ह्यान्ड बाइक किन्दै हुनुहुन्छ ? यी ८ कुरामा दिनुस् ध्यान

पुराना अर्थात सेकेन्ड ह्यान्ड बाइक किन्ने चाहना धेरैको हुन्छ । उपयुक्त कन्डिसनमा रहेका र सस्तो मूल्यमा पाइने भएकाले धेरैको रोजाई सेकेन्ड ह्यान्ड बाइक पनि हुने गर्छ ।

तर यस्ता पुराना बाइक किन्दा भने धेरै कुरामा ध्यान दिनु आवश्यक हुन्छ । यदि बिक्रेताले ठगी गरेमा ग्राहक ठगिने र मर्मत गर्दा पनि नचल्ने बाइक भिडाउन सक्ने सम्भावना हुन्छ ।

यही कुरालाई मनन गरी सेकेन्ड ह्यान्ड बाइक बिक्रेताहरुको संगठन नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ (नारा) ले ग्राहक एवं व्यवसायी दुवैलाई विभिन्न अनुरोध गर्ने गरेको छ ।

यसका लागि नाराले दुवै पक्षले पालना गर्नु पर्ने नियम वा शर्तहरु तोकेको छ । ती नियमहरु यस प्रकार छन् ः

१. सम्बन्धित सरकारी निकायमा दर्ता भएर मात्र व्यवसाय गर्नुपर्छ ।

२. सवारी साधन सेकेन्ड ह्यान्ड भएकाले यसमा वारेन्टी वा ग्यारेन्टी हुँदैन । त्यसैले यसको कन्डिसन, यान्त्रिक अवस्था आदि प्राविधिक रुपमा चेकजाँच गरी गराई मूल्य खर्च यकिन पश्चात मात्र बैना गर्ने वा खरिद गर्ने गर्नुपर्छ ।

३. सवारी साधन टेस्ट राइड गराउनु पर्दा बिक्रेताले ग्राहकको परिचय पत्र राखी स्टाफ राखेर मात्र गराउनु पर्छ । सवारी साधन डिस्प्ले गर्दा नियम अनुसार गर्नुपर्छ । कार्यस्थलमा सीसीटीभी क्यामेरा, फायर एक्स्टिङग्विसर, बिमा आदिको प्रयोग गर्नुपर्छ ।

४. सवारी साधन खरिद बिक्री गर्दा सक्कल सवारी दर्ता की हेरी सवारी धनीको उपस्थितिमा नाराले जारी गरेको सम्झौता पत्रमा पूर्ण विवरण भरी लिखित कागजमा सही छाप गराउनु पर्नेछ । यसमा खरिदकर्ताको पनि सम्पूर्ण विवरण भर्नुपर्छ ।

५. खरिद बिक्रीका लागि लिखित सम्झौता गरी सवारी साधन जिम्मा लिए पश्चात कुनै पनि प्राविधिक वा यान्त्रिक समस्या देखाई कारोबार रद्द गर्ने तथा अन्य आर्थिक कारोबार दाबी गर्न पाइने छैन । यदि फिर्ता गर्न बाध्य भएमा सवारी साधनको अवस्था चेकजाँच गरी मूल्य रकमबाट घटाउन सकिने छ ।

६. सवारी साधन खरिद बिक्री गर्दा यथाशक्य छिटो वा तोकिएको समयमा यातायात कार्यालयमा गई हक हस्तान्तरण गरी लिनु वा दिनुपर्छ । यसो भएमा कुनै दस्तुर वा अन्य तिर्नु पर्ने आफ्नो जिम्मेवारी रहदैन भने लिनेले पनि त्यही अनुसार समयमै जिम्मेवारी लिन सकिन्छ ।

७. खरिद बिक्री गर्दा वा अन्य अवस्थामा कोही कसैले शंकास्पद सवारी साधन, कागजपत्र वा अन्य कुनै डर, धम्की, त्रास फैलाउने कार्य गरेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा अन्य समस्या परेमा नाराको प्रतिनिधिलाई सम्पर्क गर्न सकिन्छ ।

८. यातायात कार्यालयमा नाराले जारी गरेको कार्ड प्रयोग गरेर मात्र आवश्यक कार्य गर्नुपर्छ । अन्य अवस्थामा संस्था जवाफदेही हुनेछैन ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत

नागढुङ्गा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत

नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ। निर्माण सुरु भएको...

नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ बनाइने

नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ बनाइने

कावासोती – पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको क्रममा...

सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवस २०२५ : ‘गुमेका प्रतिभाहरु’ र नेपालको सडक सुरक्षाको अवस्था

सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवस २०२५ : ‘गुमेका प्रतिभाहरु’ र नेपालको सडक सुरक्षाको अवस्था

यी प्रणहरू केवल शब्दहरूमा सीमित नभई, हाम्रो दैनिक व्यवहारमा उतार्न आवश्यक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...