निषेधाज्ञाको दोस्रो दिन : यस्तो देखियो काठमाडौंको सडक
काठमाडौं – हिजो देखि प्रारम्भ भएको निषेधाज्ञाको आज दोस्रो दिन हो ।...
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ ।
नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।
मेयर घिमिरेले लु१झ ३ सय ६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३ सय २६ नम्बरको स्कर्पियो गाडी प्रयोग गर्दै आएका छन् । ‘अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,’ घिमिरेले भने, ‘नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दै छौं ।’
उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने उनले बताए । दैनिक एक सयदेखि २ सय सम्म संक्रमित थपिदै गईरहेको तिलोत्तमा नगरपालिका रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित भेटिएको पालिका समेत हो ।
काठमाडौं – हिजो देखि प्रारम्भ भएको निषेधाज्ञाको आज दोस्रो दिन हो ।...
आज धनतेरस । यो दिन कुनै पनि लोह वा सुन, चाँदी धातुका सामान किन्ने चलन पुरानै...
काठमाडौं– पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार रातिदेखि समाप्त हुँदैछ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...