बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं- विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन (WIMA) नेपालले टिकटक प्रतियोगिताका बिजेतालाई पुरष्कार प्रदान गरेको छ । दुई महिना अघि शुरु भएको टिकटक प्रतियोगितामा दर्जन भन्दा बढी महिला राइडर्सहरुले बाइक/स्कुटी चलाउदै गरेको भिडियो बनाएर फेसबुकमा राखेका थिए ।
भिडियोको लाईक, कमेन्ट र सेयरको आधारमा विजेता घोषणा गरिएको थियो । जसमा प्रथम रुचा देसार, दोस्रो दुर्गा गोंग्बा र तेस्रो निरु वाग्ले भएकी छिन् । बिजेताहरुलाई बाईक स्मार्ट नेपालका गौरभ पाठक, कवच गियर्सका अरबिन्द सुबेदी, स्टाईलिस पेयोर ब्युटी होमकी रीना अवाले, अटो नेपालका भुषण श्रेष्ठ, दादा ड्राइभिङ्गका सन्तोष न्यौपानेले पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नासा नेपालकी सदस्य सन्जु बज्राचार्यको मुख्य आतिथ्यता रहेको थियो भने विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसनका पदाधिकारी, राइडर्स तथा टु व्हिलर सँगसम्बन्धित व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लेडी राइडर निर्मला भण्डारीले स्कुटीमा नेपाल भ्रमण गरेको अनुभव शेयर गरिन् ।
नासा नेपालको संयोजन रहेको कार्यक्रमलाई हार्डहार्ट (Hard Hart) , दादा ड्राइभिङ्ग (Dada driving center), गियर एण्ड ग्याजेट (Gear and gadget Nepal) लाईन्स क्लब (Lions club) बाईक स्माट (Bike smart Nepal), कवच (Kavach) लगायतका संस्थाले सहयोग गरेका थिए ।
विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन नेपालकी अध्यक्ष सुनिता देसारको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा सचिब उस्मिता थापाले स्वागत मन्तब्य राखिन् भने कार्यक्रमको सचांलन सुलक्क्षणा खड्काले गरिन् ।
विमेन्स इन्टरनेसनल मोटरसाइकल एसोसिएसन (WIMA) नेपालले महिला राइडर्सहरुको एक संगठनको रुपमा महिला सशक्तिकरण र शाहसिक पर्यटकीय गतिविधिहरुमा आवद्ध भई कार्य गर्दै आईरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...