आजदेखि रिङ रोडका टिकट काउण्टरको बोर्ड हटाइने 

काठमाडाैँ - आज देखि काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने भएको छ । 

महानगर प्रहरी प्रमुख राजु पाण्डेले उपयुक्त स्थानहरुमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि गठन गर्ने निर्णय भएको बताए । उनले यात्रुहरु बीचमा चढाउने तथा उतार्ने विषयमा कार्यदलले स्थान तोक्ने निर्णय भएको बताए। 

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रा.लि. सदस्य रहेका छन् । 

काठमाडौं महानगरपाकिलाका प्रमुख बालेन्द्र साहको उपस्थितिमा वैशाख २९ गते बसेको बैठकले यो निर्णय गरेको हो । 

सम्बन्धित समाचारहरू

तपाईको सवारी साधनको गति कति ? बढी गतिमा चलाए यस्तो छ कानुनी व्यवस्था

तपाईको सवारी साधनको गति कति ? बढी गतिमा चलाए यस्तो छ कानुनी व्यवस्था

तपाईले चलाउने मोटरसाइकल, स्कुटर वा अन्य सवारी साधनको गति कति हुनुपर्छ...

सडकमा सवारी साधनको नम्बर प्लेट पहिचान गर्ने सिस्टम एएनपीआरले कसरी काम गर्छ ?

सडकमा सवारी साधनको नम्बर प्लेट पहिचान गर्ने सिस्टम एएनपीआरले कसरी काम गर्छ ?

ट्राफिक प्रहरीको इतिहास हेर्ने हो भने नेपालमा बि.सं. १९५८ मा बाइरोडको बाटो...

आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ हो । सन् २०२१ विदा भएर भोलि देखि २०२२ लाग्दैछ । आज संसारभर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...