लामो दूरीको यातायातमा असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनका लागि आगामी असोज ११ देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको हो ।

असोज २१ गते घटस्थापना भएको र विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि अधिकांश यात्रुहरु घटस्थापना पश्चात उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यही कुरालाई मनन गरी पहिले नै टिकट बुकिङ खुलाउनका लागि यातायात व्यवस्था विभागले पहल गरेको हो ।

अहिले धेरै यातायात व्यवसायी सम्बद्ध कम्पनीहरुले अनलाइन टिकट बुकिङको व्यवस्था गरेकाले अनलाइनमार्फत नै टिकट बुकिङ गर्न सकिने भएको छ ।

सम्बन्धित समाचारहरू

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

रसुवा – रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय...

कुन कुन नियम उल्लंघन गरेमा ट्राफिक प्रहरीमार्फत १००० रुपैयाँ जरिवाना तिर्नुपर्छ ?

कुन कुन नियम उल्लंघन गरेमा ट्राफिक प्रहरीमार्फत १००० रुपैयाँ जरिवाना तिर्नुपर्छ ?

ट्राफिक प्रहरीले विभिन्न अवस्थामा सवारी चालकलाई जरिवाना तिराउने गरेको...

एकैदिन २ हजार ५५ जना ट्राफिक कारबाहीमा, २२ लाख ११ हजार राजस्व सङ्कलन

एकैदिन २ हजार ५५ जना ट्राफिक कारबाहीमा, २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ–बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...