टियागो, कोना र ई५ : कुनै एक ईभी किन्ने विचार भए यस्तो छ अफर

नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका इलेक्ट्रिक कार किन्नका लागि विभिन्न अफर उपलब्ध छन् । ती मध्ये चल्तीका तीन मोडल टाटा टियागो, हुन्डाई कोना र ओमोडा ई५ किन्नका लागि कम्पनीहरुले विभिन्न अफर उपलब्ध गराइरहेका छन् ।

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ ।

मेलाबाट ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एसेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सेवा पाउने छन् ।

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शुन्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । 

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा पाँच बर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।

ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई५ खरिद गर्दा १ लाख ५० हजार रुपैँया एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

साथै प्रत्येक खरीदमा ग्राहकलाई ७ किलोवाट चार्जर पनि प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना अवधीभर ओमोडा ई५ को सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकले विभिन्न आकर्षक लाभहरू प्राप्त गर्नेछन् ।

सिमित स्टकका ओमोडा ई५ प्रि-बजेट मूल्यमा खरिद गर्न सकिने र चालु आर्थिक वर्षको लागि सडक कर (रोडट्याक्स)मा पूर्ण छुट पाइने कम्पनीले जनाएको छ । साथै, नगद छुट, निशुल्क टि–बक्स र प्रत्येक एक्स्चेन्जमा ७ किलोवाटको चार्जर समेत निःशुल्क पाउन सकिनेछ ।

सम्बन्धित समाचारहरू

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

राइड सेयरिङलाई लक्षित गरी नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अवको केही दिनपछि अर्को नयाँ ब्रान्डको इलेक्ट्रिक...

सवारी साधनको बिमा क्लेम वापत स्काईवेल ईभी लिन पाइने, १० लाख सम्म सहयोग र आईफोन १७ पाइने

सवारी साधनको बिमा क्लेम वापत स्काईवेल ईभी लिन पाइने, १० लाख सम्म सहयोग र आईफोन १७ पाइने

काठमडौं – हालको विषम परिस्थितिमा राष्ट्र पुनःनिर्माणमा साझेदार बन्नका...

५२२ किमी रेन्ज दिने बीवाईडी ई६ को खुल्यो बुकिङ : दशैं अफरमा १ लाख छुट र निःशुल्क एसी चार्जर

५२२ किमी रेन्ज दिने बीवाईडी ई६ को खुल्यो बुकिङ : दशैं अफरमा १ लाख छुट र निःशुल्क एसी चार्जर

काठमाडौं – नेपाली बजारमा हालै बिक्रीका लागि उपलब्ध बीवाईडीको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...