१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

टाटा मोटर्सको इभी लाइनअपमा सवैभन्दा सस्तो कार टियागो १२ दिनपछि अर्थात यसै महिनाको २८ तारिखमा लन्च हुने भएको छ । हाल कारोवार भैरहेको कम्वस्चन इन्जिनयुक्त टियागोको इलेक्ट्रिक भसर्नका रुपमा आउन लगेको यो कार २१.५ किलोवाट आवर र २६ किलोवाट अवार क्षमताको व्याट्री प्याक अप्सनमा उपलब्ध हुनसक्ने अनुमान लगाइएको छ ।

भारतीय मिडियाका अनुसार यो नयाँ इलेक्ट्रिक कारमा एक्सप्रेस–टी मा जडित २१.५ किलोवाट अवार क्षमताको व्याट्री र इन्ट्रि लेवल मोटर समेत जडान हुनसक्ने जनाइएको छ । उक्त मोटरको पावर ४१ एचपी र टर्क १०५ एनएम रहेको छ भने यसले २०५ किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

यसैगरी टिगोर इभीमा जडित २६ किलोवाट आवरको व्याट्री प्याक जडान हुँदा यसको पावर ७५ एचपी र टर्क १७० एनएम रहनेछ । यो व्याट्री प्याकले एकपटकको फुल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने दावी छ ।

साथै इन्टेरियरमा उपलब्ध फिचर्स र इक्युपमेन्ट पनि धेरैजसो टिगोर इभीबाटै लिन सक्ने देखिएको छ । एक्सटेरियरमा भने उसले ठूलै फेरवदल गर्ने जनाएको छ ।

भारतीय बजारमा लन्च भएपछि यो नयाँ कार नेपाली बजारमा समेत आउनेछ । यसअघिको नेक्सन र टिगोर पनि लन्च भएको केही समयपछि नेपाल आएका कारण यो नयाँ कारलाई नेपालस्थित आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङले लगत्तै नेपाल ल्याउन पहल गर्ने देखिएको हो । यो कार नेपाल भित्रिएपछि इन्ट्रि लेवल ह्याचव्याकमा इलेक्ट्रिक कार चाहने ग्राहकको पहिलो रोजाई वन्ने प्रष्ट देखिन्छ ।

सम्बन्धित समाचारहरू

अर्को इलेक्ट्रिक बाइक : ओडिसी ब्रान्डको इभोकस

अर्को इलेक्ट्रिक बाइक : ओडिसी ब्रान्डको इभोकस

ओडिसी ब्रान्डको नयाँ इलेक्ट्रिक बाइक इभोकस नेपाली बजारमा भित्रिएको छ ।...

सीजी मोटर्सले चांगन इलेक्ट्रिक भ्यान ल्याउने, ईभी एक्सपोमा प्रदर्शन गरिने

सीजी मोटर्सले चांगन इलेक्ट्रिक भ्यान ल्याउने, ईभी एक्सपोमा प्रदर्शन गरिने

काठमाडौं – नेपाली बजारमा चांगनका इलेक्ट्रिक भ्यान उपलब्ध हुने भएका छन् ।...

उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले अटो ग्वाङझाउ २०२४ मा आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...