१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

टाटा मोटर्सको इभी लाइनअपमा सवैभन्दा सस्तो कार टियागो १२ दिनपछि अर्थात यसै महिनाको २८ तारिखमा लन्च हुने भएको छ । हाल कारोवार भैरहेको कम्वस्चन इन्जिनयुक्त टियागोको इलेक्ट्रिक भसर्नका रुपमा आउन लगेको यो कार २१.५ किलोवाट आवर र २६ किलोवाट अवार क्षमताको व्याट्री प्याक अप्सनमा उपलब्ध हुनसक्ने अनुमान लगाइएको छ ।

भारतीय मिडियाका अनुसार यो नयाँ इलेक्ट्रिक कारमा एक्सप्रेस–टी मा जडित २१.५ किलोवाट अवार क्षमताको व्याट्री र इन्ट्रि लेवल मोटर समेत जडान हुनसक्ने जनाइएको छ । उक्त मोटरको पावर ४१ एचपी र टर्क १०५ एनएम रहेको छ भने यसले २०५ किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

यसैगरी टिगोर इभीमा जडित २६ किलोवाट आवरको व्याट्री प्याक जडान हुँदा यसको पावर ७५ एचपी र टर्क १७० एनएम रहनेछ । यो व्याट्री प्याकले एकपटकको फुल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने दावी छ ।

साथै इन्टेरियरमा उपलब्ध फिचर्स र इक्युपमेन्ट पनि धेरैजसो टिगोर इभीबाटै लिन सक्ने देखिएको छ । एक्सटेरियरमा भने उसले ठूलै फेरवदल गर्ने जनाएको छ ।

भारतीय बजारमा लन्च भएपछि यो नयाँ कार नेपाली बजारमा समेत आउनेछ । यसअघिको नेक्सन र टिगोर पनि लन्च भएको केही समयपछि नेपाल आएका कारण यो नयाँ कारलाई नेपालस्थित आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङले लगत्तै नेपाल ल्याउन पहल गर्ने देखिएको हो । यो कार नेपाल भित्रिएपछि इन्ट्रि लेवल ह्याचव्याकमा इलेक्ट्रिक कार चाहने ग्राहकको पहिलो रोजाई वन्ने प्रष्ट देखिन्छ ।

सम्बन्धित समाचारहरू

७ लाख ५० हजार मूल्यको इलेक्ट्रिक स्कुटर नेपालमा

७ लाख ५० हजार मूल्यको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा सम्भवतः सबैभन्दा बढी मूल्यको स्कुटर भित्रिएको छ...

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...