व्याट्री महंगो भएपछि टियागो इभीको मूल्य ४ प्रतिशत सम्मले बृद्धि हुने

टाटा मोटर्सले आफ्नो कम मूल्यको इभी टियागोमा ४ प्रतिशतसम्मले मूल्य बृद्धि गर्ने तयारी थालेको छ । ३ महिनअघि लन्च भएको यो कारको मूल्य ३५ हजार भारुसम्म बृद्धि हुनसक्ने कम्पनीको आँकलन छ ।

अन्तराष्ट्रिय बजारमा व्याट्रीको मूल्य बढेका कारण कारको मूल्य बढाउनु परेको टाटा मोटर्स प्यासेन्जर इलेक्ट्रिक मोविलिटीका प्रवन्ध निर्देशक शैलेश चन्द्रले बताए । उनका अनुसार अन्तराष्ट्रिय बजारमा व्याट्रीको मूल्य ३५ प्रतिशतसम्मले बृद्धि भएको छ ।

कम्पनीले यो इलेक्ट्रिक ह्याचव्याकको शुरुवाती मूल्य ८ लाख ४९ हजार भारु निर्धारण गरेर बिक्री थालेको थियो । उक्त मूल्य पहिलो २० हजार ग्राहकका लागी मात्र लागु हुने र त्यसपछि मूल्य बृद्धि हुने कम्पनीले यसअघि नै जानकारी गराएको थियो । तर अहिले उक्त कारणले मूल्य बढाउन नलागिएको चन्द्रले प्रष्ट पारेका छन् ।

टियागो नेपाली बजारमा समेत प्रतिक्षा गरिएको इलेक्ट्रिक कार हो । हाल वुकिङ लिएर वसेका भारतीय ग्राहकलाई जनवरीको मध्येबाट डेलिभरी शुरु भएपछि यो कार नेपाल आउने बाटो खुल्ला हुनेछ ।

हालको उत्पादनलाई आधार मान्दा भारतमै यो कार हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने स्थिती देखिएका कारण नेपाल आएपनि यसको आपूर्ती भने तत्कालै सहज नहुने देखिन्छ । नेपाली बजारमा यो कारको मूल्य २३ लाख हारहारीबाट शुरु हुने अनुमान लगाइएको छ ।

यस्तो छ यो इलेक्ट्रिक कार
टियागो ईभीमा २ वटा ब्याट्रीको विकल्प दिइएको छ । पहिलो १९.२ किलोवाटको ब्याट्री, जसले ४५ केडब्ल्युएचको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ भने दोस्रो २४ किलोवाटको ब्याट्री, जसले ५५ केडब्ल्युएचको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

टाटा टियागो ईभीको डिजाइन यसको पेट्रोल मोडलसँग मिल्दोजुल्दो छ । यो ५ रङमा उपलब्ध हुनेछ । यसमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको सुविधा पनि दिइएको छ ।

कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट÷स्टप र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध गराइएको छ । यसमा मल्टी मोड रि–जेनेरेसन पनि उपलब्ध छ ।

टाटा टियागो ईभी जिपट्रोन प्लेटफर्ममा तयार पारिएको हो । यसको फ्रन्टमा २ वटा एयरब्याग रहेको छ । अचानक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि एबीएस सिस्टममा ईबीडी जडान गरिएको छ । पार्किङका लागि रिभर्स क्यामेरा पनि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु...

यस्तो छ चाइनिज मोबाइल फोन कम्पनी शाओमीले ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर

यस्तो छ चाइनिज मोबाइल फोन कम्पनी शाओमीले ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर

चीनको प्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी शाओमीले स्कुटर, गेमिङ मोनिटर र...

औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...