सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना
सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै...
टाटा मोटर्सले आफ्नो कम मूल्यको इभी टियागोमा ४ प्रतिशतसम्मले मूल्य बृद्धि गर्ने तयारी थालेको छ । ३ महिनअघि लन्च भएको यो कारको मूल्य ३५ हजार भारुसम्म बृद्धि हुनसक्ने कम्पनीको आँकलन छ ।
अन्तराष्ट्रिय बजारमा व्याट्रीको मूल्य बढेका कारण कारको मूल्य बढाउनु परेको टाटा मोटर्स प्यासेन्जर इलेक्ट्रिक मोविलिटीका प्रवन्ध निर्देशक शैलेश चन्द्रले बताए । उनका अनुसार अन्तराष्ट्रिय बजारमा व्याट्रीको मूल्य ३५ प्रतिशतसम्मले बृद्धि भएको छ ।
कम्पनीले यो इलेक्ट्रिक ह्याचव्याकको शुरुवाती मूल्य ८ लाख ४९ हजार भारु निर्धारण गरेर बिक्री थालेको थियो । उक्त मूल्य पहिलो २० हजार ग्राहकका लागी मात्र लागु हुने र त्यसपछि मूल्य बृद्धि हुने कम्पनीले यसअघि नै जानकारी गराएको थियो । तर अहिले उक्त कारणले मूल्य बढाउन नलागिएको चन्द्रले प्रष्ट पारेका छन् ।
टियागो नेपाली बजारमा समेत प्रतिक्षा गरिएको इलेक्ट्रिक कार हो । हाल वुकिङ लिएर वसेका भारतीय ग्राहकलाई जनवरीको मध्येबाट डेलिभरी शुरु भएपछि यो कार नेपाल आउने बाटो खुल्ला हुनेछ ।
हालको उत्पादनलाई आधार मान्दा भारतमै यो कार हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने स्थिती देखिएका कारण नेपाल आएपनि यसको आपूर्ती भने तत्कालै सहज नहुने देखिन्छ । नेपाली बजारमा यो कारको मूल्य २३ लाख हारहारीबाट शुरु हुने अनुमान लगाइएको छ ।
यस्तो छ यो इलेक्ट्रिक कार
टियागो ईभीमा २ वटा ब्याट्रीको विकल्प दिइएको छ । पहिलो १९.२ किलोवाटको ब्याट्री, जसले ४५ केडब्ल्युएचको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ भने दोस्रो २४ किलोवाटको ब्याट्री, जसले ५५ केडब्ल्युएचको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।
टाटा टियागो ईभीको डिजाइन यसको पेट्रोल मोडलसँग मिल्दोजुल्दो छ । यो ५ रङमा उपलब्ध हुनेछ । यसमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको सुविधा पनि दिइएको छ ।
कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट÷स्टप र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध गराइएको छ । यसमा मल्टी मोड रि–जेनेरेसन पनि उपलब्ध छ ।
टाटा टियागो ईभी जिपट्रोन प्लेटफर्ममा तयार पारिएको हो । यसको फ्रन्टमा २ वटा एयरब्याग रहेको छ । अचानक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि एबीएस सिस्टममा ईबीडी जडान गरिएको छ । पार्किङका लागि रिभर्स क्यामेरा पनि उपलब्ध छ ।
सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै...
विश्व बजारमै इलेक्ट्रिक भेइकलको माग वढ्न थालेपछि अहिले प्रायः सवैजसो ठूला...
काठमाडाैं । विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...