म्याक्ससद्वारा विपद् प्रभावित समुदायका लागि ८० लाख बराबरको राहत सहयोग प्रदान
काठमाडौं – एसएआईसी म्याक्सस चाइनाको सहयोग तथा हिमालय अर्गनाइजेसनको...
काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ प्रालिले तीन वटा पांग्रा सहितको कोमाकी एक्सजीटी एक्स५ (XGT X5) उपलब्ध गराएको छ ।
स्पेसल्ली एबल्ड र वृद्धवृद्धाहरुका लागि विशेष प्रकारले डिजाइन गरिएको सो स्कुटरले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिने बताइएको छ । टिकाउ र भरपर्दो भएको एवं रिभर्स असिस्ट, सिंक्रोनाइज्ड ब्रेकिङ सिस्टम र एन्टी थेफट सिस्टम जस्ता फिचरका कारण यो उपयोगी हुने कम्पनीको भनाइ छ ।
सेल्फ ब्यालेन्सिङ स्कुटर भएकाले यो स्कुटर चलाउन सहज हुन्छ । पर्याप्त बुट स्पेस भएको र क्लच तथा गियर सिफट र ब्रेक लगाउनु नपर्ने भएकाले सजिलो विकल्प चाहनेहरुका लागि यो स्कुटर उत्कृष्ट रोजाई बन्न सक्ने बताइएको छ ।
आफैले स्कुटर थाम्नु पर्ने, काठमाडौंको जाममा खुट्टाले टेक्नु पर्ने जस्ता समस्याका कारण स्कुटर चलाउन कठिन हुने भएकाले यस प्रकारको स्कुटर शारीरिक अशक्त तथा वृद्धवृद्धाहरुका लागि झन उपयोगी हुने विश्वास गरिएको छ ।
सो इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...