सर्भिस नेटवर्क विस्तार गर्दै मोटरहेड

काठमाडौं – मोटरहेड बाइकको उपत्यकाका तीन विभिन्न स्थानमा सर्भिस नेटवर्क स्थापना भएको छ । नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौंको बालाजु, ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ ।

यी तीनै स्थानमा मोटरहेडको सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधा उपलब्ध छ । मोटरहेडले पछिल्लो पटक भक्तपुरको सल्लाघारीमा थ्रीएस सेन्टर सञ्चालनमा ल्याएको हो ।

नेपाली बजारमा मोटरहेडका टेक्कन, स्क्र्याम्बलर र एमएच २०० एक्स जस्ता मोडल लोकप्रिय छन् । हाल देशका १४ स्थानमा शोरुम स्थापना भएका छन् भने ती मध्ये १२ वटा थ्रीएस सर्भिस सहितका शोरुम हुन् । अन्य स्थानमा समेत शोरुम बिस्तार गर्ने योजनाका साथ कम्पनी अघि बढेको बताइएको छ ।

हाल नेपाली बजारमा स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार रुपैयाँ छ । त्यसैगरी टेक्कन २५० को ३ लाख ९५ हजार रुपैयाँ छ ।

मोटरहेडका यी ३ बाइक सहित ७ वटा मोडल नेपाली बजारमा उपलव्ध छन् । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर, स्पोर्ट्स रोड टायर, एक्स टर्क र एमएच १५० आर छन् । यी मोडलको मूल्य क्रमशः ३ लाख ६० हजार, ३ लाख ६५ हजार, ३ लाख ८० हजार र २ लाख ८८ हजार रुपैयाँ छ ।

यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि बिभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...