इन्डोनेसियामा जीएसीको ‘लाइटहाउस फ्याक्ट्री’ सञ्चालनमा, ईभीमा नेपालकै लेभलको प्रतिस्पर्धा
ईभी निर्माता कम्पनी जीएसीले इन्डोनेसियाको जकार्तामा औपचारिक रुपमा नयाँ...
मर्सिडिज बेन्जले लक्जरी इलेक्ट्रिक सवारी साधनमा आफ्नो लाइनअप विस्तार गर्दैछ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ईक्युबी लन्च गरेको छ । कम्पनीले यो इलेक्ट्रिक एसयूभी भारतमा ७४ लाख ५० हजार एक्स शोरुम मूल्यमा लन्च गरेको छ ।
इलेक्ट्रिक प्लेटफर्म भए पनि कम्पनीले सो एसयूभीमा धेरै स्पेस दिएको छ । ईक्युबीलाई कम्पनीको भी क्लास लक्जरी एसयूभीसँग तुलना गर्न सकिन्छ ।
मर्सिडिज बेन्ज ईक्युबी थ्री रो सिट कन्फिगरेसन हो । यो पहिलो इलेक्ट्रिक एसयूभी हो, जसमा सिट तीन पङ्क्तिमा उपलब्ध हुनेछ । यो ७ सिटर एसयूभी हो । यसको फ्रन्टमा २ सिट, बीचमा ३ सिट र अन्तिममा २ सिट हुनेछ ।
ईक्युबी फुल साइज इलेक्ट्रिक एसयूभी हो, जसको लम्बाई ४ मिटर भन्दा बढी छ । सो एसयूभीमा ६६.५ केडब्ल्युएच लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । यसमा प्रयोग भएको मोटरले २२६ बीएचपी पावर र ३९० एनएम टर्क जेनेरेट गर्छ । यसले फुल चार्जमा ४२३ किलोमिटरको रेन्ज प्रदान गर्छ ।
कम्पनीले यसलाई स्केटबोर्ड प्लेटफर्ममा तयार गरेको हो । यसमा फुल एलईडी हेडल्याम्प, एलईडी स्ट्रिप टेललाइट, मल्टी स्पोक स्पोर्टी अलोय ह्विल, रूफ रेल, चौडा टायर, सेन्सर बुट डोर, एमबीयूएक्स फ्लोटिङ इन्फोटेनमेन्ट डिस्प्ले र ड्राइभर डिस्प्ले दिइएको छ ।
ईभी निर्माता कम्पनी जीएसीले इन्डोनेसियाको जकार्तामा औपचारिक रुपमा नयाँ...
भारतमा राइड सेयरिङ कम्पनी ओलाको बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आइतबार...
फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा समेत गाडी चोरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...