ब्याट्री निकालेर चार्ज गर्न र तीन मोडमा चलाउन मिल्ने प्युअर ईभीको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको भारतीय ब्रान्ड प्युअर ईभीको इलेक्ट्रिक स्कुटर ई–प्लुटो ७जी हेर्दा समेत निकै नै आकर्षक छ । नेपाली बजारमा केही दिनमै औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी रहेको प्युअर ईभीको आधिकारिक वितरकको रुपमा ह्वाइट लोटस मोटर्स प्रालि रहेको छ ।

ई–प्लुटो ७जीको मूल्य क्रमशः २ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । बिक्री शुभारम्भको अवसरमा ई–प्लुटो ७जीमा १५ हजार रुपैयाँ छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

ई–प्लुटो ७जी स्कुटरमा २.५ किलोवाटको ब्याट्री र १.५ किलोवाटको मोटर छ भने यसलाई एक पटक चार्ज गर्दा ११६ किलोमिटर गुडाउन सकिन्छ ।

यसको ब्याट्रीलाई स्कुटरबाट निकालेर समेत चार्ज गर्न सकिन्छ । स्कुटरमा सिधै चार्ज गर्न पनि सकिन्छ । यसले गर्दा आफ्नो सुविधा अनुसार ब्याट्री चार्ज गर्न सकिन्छ ।

त्यसैगरी आफूलाई उपयुक्त लाग्ने स्पिड अनुसार यसलाई तीन मोडमा चलाउन सकिन्छ । पहिलो मोडमा सुस्त, दोस्रोमा अलि धेरै र तेस्रो मोडमा सबैभन्दा तीव्र गतिमा कुदाउन सकिन्छ ।

विद्युतीय सवारी साधनका लागि ८० प्रतिशत सम्म बैंकहरुले ऋण उपलब्ध गराउने सक्ने भएकाले फाइनान्स सुविधामा समेत स्कुटर उपलब्ध गराइने छ । यसका लागि विभिन्न बैंकहरुसँग सम्झौता समेत भइसकेको ह्वाइट लोटस मोटर्सका म्यानेजिङ डाइरेक्टर अशोक खड्गीले बताए ।

काठमाडौंको नक्सालमा अवस्थित सोरुममा स्कुटर प्रदर्शित छन् । उपत्यकाका विभिन्न स्थानका साथै उपत्यका वाहिर समेत सोरुम विस्तार गर्ने कम्पनीको योजना रहेको बताइएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...