दुईपांग्रे इलेक्ट्रिक सवारी साधनमा ब्याट्रीको स्वामित्व बुझ्न जरुरी, यस्तो छ सम्भावना
नेपालले दिगो यातायाततर्फको विश्वव्यापी ट्रेन्डलाई अँगाल्दै गर्दा...
यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको अन्तरालमा भित्रिएको यी ३ कारको लक्षित ग्राहक समेत भिन्न ३ वटा क्लास रहने देखिएको छ । फागुन ९ गते सार्बजनिक गरिएको टिगोर इभीले इन्ट्रि लेबल इभी पारखीलाई आकर्षित गरिरहेको छ भने त्यसको ठिक ३ दिनपछि अर्थात फागुन १२ गते लन्च गरिएको हुन्डाई अयोनिक ५ ले प्रिमियम इभी चाहने उच्च बर्गका ग्राहकलाई आकर्षित गरिरहेको छ ।
आयोनिक ५ को बिक्री शुरु भएको ३ दिनपछि अर्थात फागुन १५ गते लन्च गरिएको अर्को इलेक्ट्रिक कार एमजी जेडएस फेसलिफ्टलाई भने एसयुभी पारखीले बढी मात्रामा रुचाउने देखिएको छ । यो कार खरिद गर्ने ग्राहकलाई अटो पारखीको बर्गिकरणमा मध्यम स्तरमा राख्न सकिन्छ । कारण यसको मूल्य, उपलब्ध फिचर्स र सुबिधा समेत यी तीन कारको तुलनमा मध्यमस्तरकै रहेको छ ।
२६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको टिगोर इभीको मूल्य ३० देखी ३३ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । एमजी जेडएस इभीको फेसलिफ्ट मोडल भने ५१ र ७२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध रहँदै आएको छ । जसको मुल्य क्रमश ५२ लाख र ६० लाख रुपैयाँ तोकिएको छ ।
त्यसैगरी ५८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको आयोनिक ५ को मूल्य ८० लाख ९६ हजारदेखी ८२ लाख ५६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
नेपालले दिगो यातायाततर्फको विश्वव्यापी ट्रेन्डलाई अँगाल्दै गर्दा...
बजाजले चेतक इलेक्ट्रिक स्कुटरको लाइनअपमा नयाँ मोडेल थपेको छ । चेतक सी२५०१...
काठमाडौं – नेपालका लागि एमजी अर्थात मोरिस ग्यारेजको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...