अटोमोबाइल क्षेत्रका श्रमिकले तीनदिने स्वास्थ्य सुरक्षा तालिम लिए

बुटवल - बुटवल अटो भिलेजका अटोमोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तीनदिने दक्षता अभिवृद्धिमूलक प्रशिक्षण तालिम बुटवलमा सम्पन्न भएको छ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा स्वास्थ्य केन्द्र, ललितपुरको आयोजना र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको सहकार्यमा तालिम सञ्चालन भएको हो ।  दुईजना महिला सहित ३० जनाले तालिम लिएका छन् ।

तालिमको समापन समाराेहमा बाल्दै प्रमुख अतिथि बुटवल अटाे ईन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तुल्सिराम न्याैपानेले अटाे व्यवसाय, कलकारखाना क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि सुरक्षा तथा दक्षता वृद्धि गर्न यस्ता तालिम निकै उपयाेगि  हुने बताए । उनले सिकेका सीपलाई व्यवहारमा लागु गर्न सुझाव दिदै तालिमले निरन्ता पाउनु पर्ने वताए ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ललितपुरका अध्यक्ष उमेश यादवले तालिममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको परिचय, कार्यस्थलमा खतरा तथा जोखिमको श्रोतहरु, अग्नि सुरक्षा तथा प्राथमिक उपचार एवं व्यक्तिगत सुरक्षाका साधनहरु रासायनिक खतरा तथा सुरक्षाका उपाय, विद्युतीय सुरक्षा, उचित गृह संभार तथा श्रम ऐन तथा नियमावली, स्वास्थ्य सम्बन्धी कानुनी व्यवस्था लगायतका ११ विधाका  बारेमा तालिम दिएकाे वताए । उनले तालिमममा सहभागिले निकै उत्साहकासाथ तालिम लिएकाे वताउदै आगामी दिनमा पनि यस्ता तालिम दिने प्रतिबद्वता जनाए । अरूका सवारीसाधन सुरक्षित राख्न काम गर्ने श्रमिकले आफ्नो सुरक्षामा पनि ध्यानदिन आवश्यक रहेकाे पनि अध्यक्ष यादवले वताए ।

प्रशिक्षकमा सुरक्षा तथा स्वास्थ्य केन्द्रका उमेश कुमार यादव, शाखा अधिकृत सतिस कुमार उपाध्याय रहेका थिए । कार्यक्रममा महासचिव ध्रुवराज भुसाल, प्रेस सल्लाहकार दामाेदर खनाल, सल्लाहकार नवराज पाैडेल, तालिम संयाेजक चिन्तामणि खनाल लगायतले बाेलेका  थिए ।

सम्बन्धित समाचारहरू

संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारको सबैभन्दा लामो कार कति लामो होला ? अनुमान गर्न सक्नुहुन्छ ? हो, यो १००...

अशोक एलटी इन्जिनियरिङकाे ‘सर्भिस सम्राट २०२५’ ग्रान्ड फिनाले सम्पन्न, पाैडेलले पाए उपाधि

अशोक एलटी इन्जिनियरिङकाे ‘सर्भिस सम्राट २०२५’ ग्रान्ड फिनाले सम्पन्न, पाैडेलले पाए उपाधि

काठमाडौँ – आईएमई समूह अन्तर्गतको अशोक एलटी इन्जिनियरिङ सर्भिसेज...

तातोपानी नाका आजबाट खुल्ने

तातोपानी नाका आजबाट खुल्ने

लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ। चीनसँगको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...