८०० भन्दा बढी ओमोडा र जेइको कार नेपाली सडकमा, मनाइयो उत्सव
काठमाडौं – नेपाली सडकमा ८ सय भन्दा बढी ओमोडा र जेइकोका ईभी बिक्री भएका छन्...
नेपालमा अहिले सवैभन्दा बढी गिजोलिएको कुनै क्षेत्र छ भने त्यो अटोमोबाइल क्षेत्र नै हो भन्दा फरक पर्दैन । सरकारी नीति र नियमको चपेटामा वारम्वार पर्दै आइरहेको यो क्षेत्र पछिल्लो समय निकै अस्थिर वनिरहेको छ । सरकार फेरिएसँगै सवारीसाधनमा लग्ने कर र शुल्कमा उथलपुथल हुनेगरी नयाँ नीति लागु हुनु यो क्षेत्रका लागि सामान्य जस्तै बनेको छ । यसका साथै यही क्षेत्र सम्वद्ध अन्य निकायहरु यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले गरेको पछिल्लो निर्णय समेत निकै विवादास्पद बनिरहेको छ । जसलाई सरकाले अध्ययन र तयारी विना नै गरेको हर्कतका रुपमा लिन सकिन्छ ।
यी तीन विषय वाहेक छोटो समयका लागि भए पनि सबै प्रकारका सवारीसाधनको आयात रोक्ने निर्णय समेत सरकारले लिएको थियो । पछि त्यसलाई सच्याउँदै प्यासेन्जर कार वाहेक अन्य सबै प्रकारको आयात गर्न दिने निर्णय लागु ग¥यो । यसरी आयात गर्न छुट दिइए पनि वैंक तथा वित्तीय संस्थालाई मौखिक निर्दैशन दिएर एलसी नखोल्न दवाव दिइएका कारण अहिले सबैजसो वैंकहरुले नयाँ गाडीको आयातमा एलसी ठप्पजस्तै बनाएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै पेट्रोल र डिजेलमा चर्को मूल्य वृद्धि गरेपछि यसले मूल्य वृद्धि गर्ने भन्दै व्यापक बिरोध भयो । सवारीसाधनमा प्रयोग हुने इन्धन डिजेल र पेट्रोलको मूल्य वृद्धिले यस्ता साधन संचालन गर्ने उपभोक्तमाथि खर्चको व्ययभार थप गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको र त्यसलाई समायोजन गर्न भनी नेपाल आयल निमगले पेट्रोल र डिजेलमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेपछि यो विषयको विरोध सदनदेखि सडक सम्मै चर्को रुपमा भएको थियो । पछि सरकारले पूर्वाधार शिर्षकमा लगाएको कर घटाएर मूल्य समायोजन गरी पेट्रोल र डिजेलमा १० रुपैयाँका दरले मूल्य कम गर्नुप¥यो । यद्यपि अहिले फेरि लगभग यसको मूल्य पुरानै अवस्थामा आइसकेको छ ।
पेट्रोलियम पदार्थ आम नागरिकको जनजीविकासँग सिधै जोडिएको विषय भएपनि यसको सम्वन्ध अटोमोवाइल क्षेत्रसँग समेत उत्तिकै महत्वका साथ हुने गर्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा सवारीसाधनको संचालन खर्च वढ्न गई सवारीधनीलाई यसले खर्चको थप व्ययभार पनि थप्छ । यस्तो पदार्थको मूल्यमा हुने ठूलो मूल्यवृद्धिले गाडी तथा मोटरसाइकलको कारोबारमै असर पु¥याइरहेको छ ।
इलेक्ट्रिक कारमा भन्सार र अन्तःशुल्क वृद्धि
आगामी आर्थिक वर्षको वजेटमा सरकारले भारी मात्राले भन्सार र अन्तःशुल्क वृद्धि गरेपछि अहिले यो विषय निकै विवादस्पद वनिरहेको छ । विश्वकै ध्यान इलेक्ट्रिक कारमा केन्द्रित भैरहेको सन्दर्भमा नेपालमा भने यस्ता साधनको कारोबार निस्तेज गर्ने गरी एकैपटक भारी मात्राले कर वृद्धि हुँदा सरकारको आलोचना व्यापक स्तरमा भैरहेको छ ।
त्यसो त बजेटमा इलेक्ट्रिक कारमा मात्र नभै १५ सय सीसी माथिका कम्वस्चन इन्जिन जडित गाडी र २०० सीसी माथिका मोटरसाइकलमा समेत कर वृद्धि गरिएको छ । यी गाडीमा गरिएको कर वृद्धिले खासै चर्चा नपाएपनि इलेक्ट्रिक कारमा गरिएको यस्तो वृद्धिले भने यो क्षेत्रलाई अहिलेसम्म पनि तरंगित बनाइरहेको हो ।
१०० किलोवाट मोटर क्षमता माथिका इलेक्ट्रिक कारमा १५ देखि २० प्रतिशतसम्म भन्सार र १५ देखि ६० प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गरिएका कारण यी सेग्मेन्टका यस्ता कारको मूल्य आकाशिने लगभग पक्काकक्की जस्तै देखिएको छ । बातावरणमैत्री समेत मानिने यस्ता साधन संचालन गर्न आफ्नै देशमा उत्पादन हुने विद्युत पर्याप्त हुने र यसले बढ्दो पेट्रोलियम पदार्थको आयातलाई समेत कम गरी यस्तो पदार्थको निर्भरता कम गर्ने बुझ्दा वुझ्दै पनि सरकारले भारी मात्रामा कर थोपरेको भन्दै यो विषयले समेत संसदमा प्रवेश पाएको थियो । संसद वैठकमा बोल्दै सांसदहरु गगन थापा, सुरेन्द्र पाण्डे र विष्णु पौडेलले सरकारी कदमको चर्को विरोध गरेका थिए । संसद बाहेक वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने विभिन्न संघसस्था, बुद्धिजिवी र ईभी पारखीले पनि यो विषयमा घोर आपत्ति जनाइरहेका छन् ।
इम्बोस्ड नम्वर प्लेट
सवारीसाधनमा जडान गरिने अत्याधुनिक विशेषतायुक्त इम्बोस्ड नम्वर प्लेटको विषय पुरानै भएपनि पछिल्लो समय सरकारले एकाएक समयसीमै तोकर यसको प्रयोग अनिवार्य गर्ने निर्णय गर्यो । सरकार सम्बद्ध निकाय यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबै प्रकारका सवारीसाधनमा इम्वोस्ड नम्वर अनिवार्य गर्न लागिएको सूचना जारी गर्ने वित्तिकै यो विषयमा चर्को विरोध भयो । यो विषयले पनि संसद र सडकसम्मै विरोधको सामना गर्नुपर्यो ।
पछि चौतर्फी विरोध बढ्न थालेपछि विभागले माफी माग्दै तत्काललाई उक्त निर्णय खारेज गरिएको भन्दै स्पष्टिकरण नै दिनु परिरहेको छ । हचुवाको भरमा लागु गर्न खोजिएको इम्वोस्ड नम्वर प्लेटको खर्च अत्यधिक भएको र यसले सवारीधनीमा अतिरिक्त भार थप्ने भन्दै देशैभरका सवारीधनी भित्रभित्रै आन्दोलित भैरहेका थिए । यसरी विरोध बढ्न थालेपछि २०७८ मंसिर पछि नयाँ दर्ता हुन आएका सवारी, २०७८ फागुन पछि किनबेच भई नामसारी गर्न आएका सवारी र २०७९ जेठ १ पछि सवारी साधनमा समेत इम्बोस्ड नम्बर प्लेट जडान गर्न उत्सुकता नदेखाइएकाले यसलाई सम्झाउनका लागि मात्र सूचना निकालिएको र त्यसै अनुसार कार्य गर्न सेवाग्राहीहरुलाई आग्रह गरिएको छ ।
काठमाडौं – नेपाली सडकमा ८ सय भन्दा बढी ओमोडा र जेइकोका ईभी बिक्री भएका छन्...
काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...
चिनियाँ अटो निर्माता चांगनले निकट भविष्यमा लन्च हुन लागेको नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...