‘नाडा अटो शो’ २०२३ को लागि बुकिङ्ग खुल्ला, एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने
काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म...
काठमाडौं - नेपालमा पहिलो पटक आयोजना भएको नाडा ईभी एक्सपोले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश) ले बताएका छन् ।
उनका अनुसार नाडाले इतिहासमा नै पहिलो पटक आयोजना गरेको नाडा ईभी एक्स्पोले आउँदो दिनहरुमा पेट्रोलियम गाडीहरुलाई विस्थापित गर्नेछ । उनले भने, “वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने छ। नेपालले वार्षिक ३ खर्बको पेट्रोलियम पर्दाथ आयात गर्द देशको अर्थतन्त्रमा ठूलो असर पारेको छ । त्यसकारण विद्युतीय गाडीलाई प्रथामिकता दिन आवश्यक रहेको छ ।’’
उप्रेतीले चार्जिन स्टेशनको विषयलाई सरकार र विद्युतीय गाडी बेच्ने कम्पनी दुबैले प्रथामिकतामा राखेको बताए । “सरकारले देशभर विभिन्र ठाउँहरुमा ५१ वटा चार्जिङ स्टेशनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यसैगरि हरेक कम्पनीले आफ्नो ग्राहकहरुको लागि ५० देखि ६० किलोमिटरको दुरीमा चार्जिङ स्टेशन र सर्भिस सेन्टरको व्यवस्था गरेको छ,’’ उनले भने ।
सरकारको नीतिनै अटो क्षेत्रमा बाधक भएको उप्रेतीको भनाइ छ । उनका अनुसार सरकारले नेपालमै गाडी एसेम्बल गर्न आग्रह गरेपनि त्यसको लागि स्थिर नीति आवश्यक रहेको छ। सरकारले स्थिर नीति ल्याए व्यवसायीले पार्ट पुर्जाको उद्योग समेत खोल्न तयार रहेको उनले बताए।
यता अर्थमन्त्री जनार्दन शर्माले एक्स्पोको उद्धघाटनमा पेट्रोलियम पदार्थको खपत कम गर्न अध्ययन समिति गठन भएको जानकारी दिए । उनका अनुसार सो समितिले कति वर्षभित्र विद्युतीय सवारी मात्रै आयात गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्नेछ। उनले विद्युतीय गाडी नेपालमै बन्नुपर्ने बताउँदै एसेम्बल्ड प्लान्ट लगाएमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
कोभिड महामारीको कारण २०२० र २०२१ मा वर्षेनी गर्दै आएको नाडा अटो शो हुनसकेको थिएन। २०२२ मा नाडाले अटो शोको तयारी गरे पनि सरकारले गाडी आयातमा प्रतिबन्ध गरेसँगै ईभी एक्स्पो भएको हो ।
काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म...
काठमाडौं–नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...