महासचिव उप्रेती भन्छन् – ईभी एक्स्पोले विद्युतीय सवारी साधनको प्रोत्साहन गर्नेछ

काठमाडौं - नेपालमा पहिलो पटक आयोजना भएको नाडा ईभी एक्सपोले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश) ले बताएका छन् ।

उनका अनुसार नाडाले इतिहासमा नै पहिलो पटक आयोजना गरेको नाडा ईभी एक्स्पोले आउँदो दिनहरुमा पेट्रोलियम गाडीहरुलाई विस्थापित गर्नेछ । उनले भने, “वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने छ। नेपालले वार्षिक ३ खर्बको पेट्रोलियम पर्दाथ आयात गर्द देशको अर्थतन्त्रमा ठूलो असर पारेको छ । त्यसकारण विद्युतीय गाडीलाई प्रथामिकता दिन आवश्यक रहेको छ ।’’

उप्रेतीले चार्जिन स्टेशनको विषयलाई सरकार र विद्युतीय गाडी बेच्ने कम्पनी दुबैले प्रथामिकतामा राखेको बताए । “सरकारले देशभर विभिन्र ठाउँहरुमा ५१ वटा चार्जिङ स्टेशनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यसैगरि हरेक कम्पनीले आफ्नो ग्राहकहरुको लागि ५० देखि ६० किलोमिटरको दुरीमा चार्जिङ स्टेशन र सर्भिस सेन्टरको व्यवस्था गरेको छ,’’ उनले भने ।

सरकारको नीतिनै अटो क्षेत्रमा बाधक भएको उप्रेतीको भनाइ छ । उनका अनुसार सरकारले नेपालमै गाडी एसेम्बल गर्न आग्रह गरेपनि त्यसको लागि स्थिर नीति आवश्यक रहेको छ। सरकारले स्थिर नीति ल्याए व्यवसायीले पार्ट पुर्जाको उद्योग समेत खोल्न तयार रहेको उनले बताए।

यता अर्थमन्त्री जनार्दन शर्माले एक्स्पोको उद्धघाटनमा पेट्रोलियम पदार्थको खपत कम गर्न अध्ययन समिति गठन भएको जानकारी दिए । उनका अनुसार सो समितिले कति वर्षभित्र विद्युतीय सवारी मात्रै आयात गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्नेछ। उनले विद्युतीय गाडी नेपालमै बन्नुपर्ने बताउँदै एसेम्बल्ड प्लान्ट लगाएमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कोभिड महामारीको कारण २०२० र २०२१ मा वर्षेनी गर्दै आएको नाडा अटो शो हुनसकेको थिएन। २०२२ मा नाडाले अटो शोको तयारी गरे पनि सरकारले गाडी आयातमा प्रतिबन्ध गरेसँगै ईभी एक्स्पो भएको हो ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा ८२ स्टल रहने, १ लाख बढी दर्शकले अवलोकन गर्ने

नाडा अटो शोमा ८२ स्टल रहने, १ लाख बढी दर्शकले अवलोकन गर्ने

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म...

चौधरी पक्राउ सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अपिल

चौधरी पक्राउ सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अपिल

काठमाडौं – व्यवसायी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल...

नेपालमा अव अटोमोबाइल उद्योगको उदय हुने भन्दै नाडाले ग-यो सरकारले दिने छुटको स्वागत

नेपालमा अव अटोमोबाइल उद्योगको उदय हुने भन्दै नाडाले ग-यो सरकारले दिने छुटको स्वागत

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २०७८/०७९ को प्रतिस्थापन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...