होण्डा मोटरसाइकल र स्कुटरको उत्पादन नेपालमै सुरु, भैरहवामा सुबिधासम्पन्न प्लान्ट
काठमाडौं– होण्डाका दुई पाङ्ग्रे सवारीको एसेम्बल अब नेपालमै हुने भएको छ ।...
नयाँ होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटर भारतीय बजारमा लन्च भएको छ । यसलाई पूर्ण रूपमा नयाँ लुक दिइएको छ। साथै यसमा स्वापेबल ब्याट्री पनि रहेको छ। होन्डाले एक्टिभा ई पाँच रङमा ल्याएको छ ।
होन्डा एक्टिभा इलेक्ट्रिकको डिजाइन एकदम सरल छ। यसमा एप्रोन माउन्टेड एलईडी हेडलाइट र ह्यान्डलबार काउलमा एलईडी डीआरएल जस्ता सुविधा छ । यसको साइड प्यानलमा क्रिज र सिल्भर एक्सेन्ट छ । यसको टेल सेक्सन पनि एकदम राम्रो देखिएको छ ।
यसमा १.५ किलोवाटकाे स्वाइपेबल ब्याट्री रहको छ, जसको क्षमता ३ किलोवाटको छ । सो इलेक्ट्रिक स्कुटरले फुल चार्जमा १०२ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यद्यपि यसको ब्याट्री घरमा हटाउन र चार्ज गर्न सकिँदैन। साथै, सो स्कुटरको ब्याट्री सकिएपछि होन्डाको स्वापेबल स्टेशनमा गएर मात्रै यसलाई परिवर्तन वा चार्ज गर्न सकिन्छ।
नयाँ एक्टिभामा ब्लुटुथ कनेक्टिभिटी, इन्कमिङ कल अलर्ट र नेभिगेसनको साथ एक टीएफटी डिस्प्ले दिइएको छ । यसको डिस्प्ले एकदमै क्रिस्प छ। यद्यपि, यसको स्क्रिन टचस्क्रिन होइन ।
सो इलेक्ट्रिक स्कुटरमा स्विङ आर्म माउन्टेड मोटर जडान गरिएको छ, जसले ६ किलोवाटको पावर उत्पादन गर्छ । सो इलेक्ट्रिक स्कुटरले ७.३ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ । एक्टिभा ईमा इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीन वटा मोड छ । यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टाको छ।
सो स्कुटरको बुकिङ जनवरी २०२५ देखि सुरु हुनेछ र यसको मूल्यको घोषणा पनि सोही दिन गरिनेछ । साथै यसको डेलिभरी फेब्रुअरी २०२५ मा सुरु हुनेछ।
काठमाडौं– होण्डाका दुई पाङ्ग्रे सवारीको एसेम्बल अब नेपालमै हुने भएको छ ।...
होन्डाले आफ्नो लक्जरी सेडान अकोर्डको ११औं जेनेरेसन अपडेट भर्सनमा लन्च...
काठमाडौं – सरकारले केही दिन पहिले ल्याएको प्रतिस्थापन विधेयक पश्चात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...