रेनोले ९ लाख कार बेच्दै नयाँ कीर्तिमान बनायो, अब नयाँ कार ल्याउने तयारीमा
फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोले नयाँ रेकर्ड बनाएको छ । कम्पनीले ११...
रेनो इन्डियाले जनवरी २६ मा आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी डस्टरको तेस्रो पुस्ताको मोडल भारतमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । सन् २०१२ मा पहिलोपटक लन्च भएर भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टलाई नयाँ उचाइ दिएको डस्टर २०२२ मा बन्द गरिएको थियो । तर अब रेनोले यसलाई पूर्ण रूपमा नयाँ डिजाइन, उन्नत प्रविधि र आधुनिक सुरक्षा सुविधासहित पुनः प्रस्तुत गरेको हो ।
तेस्रो पुस्ताको डस्टर डेसिया, रेनाे र निसानको संयुक्त विकासमा तयार गरिएको सीएमएफ-बी प्लेटफर्ममा आधारित छ। यसको डिजाइन विश्व बजारमा बिक्री हुने डेसिया डस्टरबाट प्रेरित छ। नयाँ मोडल पहिलेको भन्दा बढी आक्रामक र मस्कुलर देखिन्छ। यसमा वाई आकारका एलईडी हेडलाइट, भर्टिकल एयर इनलेट, स्किड प्लेटसहितको नयाँ फ्रन्ट बम्पर, पुनः डिजाइन गरिएको हुड, ह्विल आर्च र भी आकारका टेललाइट समावेश छ । सो एसयूभी ५ सिट र ७ सिट दुवै विकल्पमा उपलब्ध हुनेछ । यसको लम्बाइ ४३४० एमएम र ह्विलबेस २६५७ एमएम रहेको छ।
नयाँ डस्टर ३ फरक इन्जिन विकल्पमा उपलब्ध हुनेछ। यसमा १.३ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन रहने अपेक्षा गरिएको छ, जसले १५४ बीएचपी पावर उत्पादन गर्छ। साथै १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनको विकल्प पनि हुनेछ। यीबाहेक १.२ लिटर हाइब्रिड पेट्रोल इन्जिन उपलब्ध हुनेछ, जसले १७० बीएचपी पावर र २०० एनएमको टर्क उत्पादन गर्नेछ। सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिनेछ ।
यसको इन्टेरियर सेन्टर कन्सोल ड्राइभरतर्फ हल्का झुकाइएको छ। माथिल्लो भेरिएन्टमा ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुनेछ । एसी भेन्टको मुनि रहेको तेर्सो प्यानलमार्फत इन्फोटेनमेन्ट र हिटिङ, भेन्टिलेसन तथा क्लाइमेट कन्ट्रोल सिस्टम सञ्चालन गर्न सकिन्छ। साथै १२ भोल्ट पावर सकेट र युएसबी पोर्ट राखिएको छ ।
यसको शीर्ष भेरिएन्टमा अटोमेटिक गियरबक्स र इलेक्ट्रोनिक पार्किङ ब्रेकको सुविधा हुनेछ । तीन स्पोक स्टेयरिङ ह्विलमा क्रुज कन्ट्रोल, फोन र इन्फोटेनमेन्ट सिस्टम बटन दिइएको छ । साथै यसमा वायरलेस चार्जिङ, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल र ६ वटा स्पिकरसहितको आर्कामिस थ्रीडी साउन्ड सिस्टम पनि समावेश हुनेछ । सेफ्टीका लागि यसमा लेभल २ एडास प्रविधिसहित कुल ३१ वटा सेफ्टी फिचर हुने अपेक्षा गरिएको छ।
मिडिया रिपोर्टअनुसार नयाँ रेनो डस्टरको मूल्य भारतीय बजारमा करिब १० लाखदेखि २० लाख भारुसम्म हुन सक्ने अनुमान गरिएको छ। सो एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस, टाटा ह्यारियर, फक्सवागन टाइगुन, स्कोडा कुशाक, मारुती सुजुकी ग्रान्ड भिटारा र टोयोटा अर्बन क्रुजर हाइराइडरजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोले नयाँ रेकर्ड बनाएको छ । कम्पनीले ११...
फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...
काठमाडौं – नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...