दीगो ग्रुपका सवारी साधन किन्नेका लागि रिलायन्सले फाइनान्स सुविधा उपलब्ध गराउने

काठमाडौं । दीगो ग्रुप र रिलायन्स फाइनान्स लिमिटेड नेपालमा विद्युतिय सवारीसाधन (ईभी) खरिदकर्ताहरूलाई वित्तीय सेवा प्रदान गर्न साझेदारी गरेका छन् ।  माघ १० गते आधिकारिक रूपमा सुरु भएको यो विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ ।

सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सले सवारीसाधनको लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ । यी ऋणहरू आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्तहरू र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउने जनाइएकाे छ ।

यस साझेदारीअन्तर्गत ११ सीटर, १४ सीटर, १६ सीटर, र १९ सीटर विद्युतिय सवारी साधनहरूसहित दीगोका सबै व्यावसायिक गाडीहरूको लागि वित्तीय विकल्पहरू उपलब्ध हुनेछन् ।

दीगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ र रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रूप लिएको छ ।

यो साझेदारीले दीगो सवारी साधन अपनाउन सरल बनाउन साथै दीगोका ग्राहकहरु तथा व्यवसायीहरूलाई गाडी खरिद गर्न थप सहज बनाउने छ ।

कम्पनीका अनुसार रिलायन्स फाइनान्सको उपस्थितिसँगै ग्राहकहरूले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडीहरू फाइनान्सको लागि आवेदन दिन सक्छन् ।

सम्बन्धित समाचारहरू

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले टर्कीमा नयाँ प्लान्ट...

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली...

नेक्सन ईभी म्याक्स टप भेरिएन्टको मूल्यमा २ लाख ५० हजार वृद्धि

नेक्सन ईभी म्याक्स टप भेरिएन्टको मूल्यमा २ लाख ५० हजार वृद्धि

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...