बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – आफूसँग भएका जुनसुकै पेट्रोल, डिजेल वा अन्य गाडीसँग दीगो ब्रान्डको इलेक्ट्रिक गाडी साट्न सकिने भएको छ । नेपालका लागि दीगो ब्रान्डको आधिकारिक वितरक दीगो ग्रुप अफ कम्पनिजले दीगो एक्सचेन्ज क्याम्प प्रारम्भ गरेको छ ।
सो क्याम्प अन्तर्गत नयाँ गाडीमा आकर्षक नगद छुट प्रदान गरिनुका साथै एक्सचेन्ज बोनस, आकर्षक गिफ्ट ह्याम्पर र अन्य धेरै छुटहरु प्रदान गरिने बताइएको छ ।
पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिनुका साथै नयाँ गाडीका लागि सहज फाइनान्सको व्यवस्था समेत गरिएको छ । एक्सचेन्ज क्याम्प चैत महिनाभर चल्ने छ ।
नेपाली बजारमा हाल दीगोका अन्य गाडीका साथै इलेक्ट्रिक कार ई८ रहेको छ । यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।
यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
हाल दीगो ग्रुप अफ कम्पनिजले नेपाली बजारमा ई८ ह्याचब्याक वाहेक डीएफएसके डाँफे माइक्रो भ्यान, ई६ मिनी बस, ई-बस र ईएम३ भ्यान बिक्रीका लागि उपलब्ध गराइरहेको छ ।
डीएफएसके डाँफे
दीगो डीएफएसके डाँफे ११ सिटे इलेक्ट्रिक माइक्रोबस हो । यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रोबसले यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढीभन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ ।
डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेइकलको लागि उत्तम विकल्प भएको कम्पनीको भनाइ छ ।
४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो गाडी एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलको करिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो । यो माइक्रोबसको प्रारम्भिक मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ ।
ई६ मिनी बस
प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई६ मिनीबस सुविस्ता, सुविधा र बसभित्र उपलब्ध हुने अन्य सम्पूर्ण व्यवहारिक विशेषताको मिश्रण हो । यसले २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउँछ ।
आफ्नो व्यवसायलाई अगाडि बढाउन यो एउटा उत्कृष्ट सवारी साधन हो । दिगो ई६ सबै प्रकारका र दीर्घकालीन लचकता प्रदान गर्न र सहन विकास गरिएको सवारी साधन हो ।
यो उच्चतम सुविधा, लागत न्यूनीकरण र कार्बन निष्प्रभावी बनाउन पुनः परिभाषित बिलासी यात्रुबाहक सवारी साधन हो । पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७ र २० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहरभित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा गर्न, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेइकलको रुपमा प्रयोग गर्न सकिन्छ ।
८० किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनीबस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २१० किलोमिटरसम्म गुड्छ (एनइडिसी २८० किलोमिटर)।
यो बसको प्रतिकिलोमिटर बिजुली खर्च ३ रुपैयाँ २ पैसा मात्र पर्न आउँछ, जुन डिजेलको करिब १३ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ७० प्रतिशत कम हो ।
यो मिनीबसको मूल्य ९० लाख रुपैयाँ तोकिएको छ ।
दीगो ई–बस
दीगो ई–बस प्रिमियम विद्युतीय बस हो । सो ई–बसमा एबीएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सन बार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी३ प्लस रेडियो, चार्जिङ रिसेप्टेकल, एयर कन्डिसनर, हेड रेल लगायत समावेश छन् ।
यो बसलाई ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिन्छ । सुरक्षाको दृष्टिले यो बस आगो निभाउने फायर एक्सटिङ्ग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामेरा, ढोकाको अनुगमन गर्ने प्रणाली जस्ता उपकरणले सुसज्जित छ । यसलाई सार्वजनिक यातायात, अर्बन फ्लिट, सहरभित्रको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल लगायतमा प्रयोग गर्न सकिन्छ ।
१२९ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र १४० किलोवाटको मोटर रहेको यो बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २०० किलोमिटरसम्म गुड्छ । यसको प्रतिकिलोमिटर बिजुली खर्च ७ रुपैयाँ १ पैसा पर्छ, जुन करिब २२ रुपैयाँ प्रतिकिलोमिटर पर्ने डिजेल बसको सञ्चालन खर्चको तुलनामा ७० प्रतिशत कम हो ।
यो बसको मूल्य १ करोड २६ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...