दुई भेरिएन्टमा लन्च भयो ओला इलेक्ट्रिक स्कुटर, मूल्य र फिचर यस्तो
भारतमा राइड सेयरिङ कम्पनी ओलाको बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आइतबार...
काठमाडौं – विद्युतीय सवारीसाधनको प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको दीगो ग्रुपले दीगो अटो कार्निभल प्रारम्भ गरेको छ । आज शुरु भएको उक्त कार्निभल आगामी शनिबार सम्म चल्ने छ ।
बल्खुको मोर्डन पार्टी प्यालेसमा सो कार्यक्रमको उदघाटन दीगोका संस्थापक राजन रायमाझी र सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका प्रबन्धक प्रविन खतिवडाले रिबन काटेर गरे ।
सो कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहेको छ । कार्निभलमा पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग एक्सचेन्ज गर्न सक्ने सुविधा पाउनेछन् ।
सो अवसरमा दीगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्यांकन र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ ।
उदघाटन समारोहमा दीगोका संस्थापक राजन रायमाझीले यस्तो कार्निभल विद्युतीय सवारीसाधनको लागि नेपालमा पहिलो पटक आयोजना भएको भन्दै आफ्नो ग्राहकलाई सहज बनाउन आगामी दिनमा पनि दीगोले यस्तै कार्यक्रम गर्दै जाने बताए ।
दीगो ग्रुपले विगत ६ वर्ष देखि नेपालमा विद्युतीय ११ सिटर भ्यान देखि ३० सिटर बससम्म बिक्री वितरण तथा सर्भिस प्रदान गर्दै आएको छ । गाडीको बिक्री बाहेक दीगोले चार्जरको बिक्री वितरण र सर्भिस, विद्युतीय गाडी भाडामा दिने र राजमार्गमा सबैभन्दा ठुलो चर्जिङ स्टेशनको साथ रेस्टुरेन्ट, सार्वजनिक सौचालय, सपिङ मार्ट र विद्युतीय सर्भिस सेन्टर जस्ता सुविधा दिदै आएको छ ।
भारतमा राइड सेयरिङ कम्पनी ओलाको बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आइतबार...
काठमाडौं – सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट...
काठमाडौं – नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...