बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालमा दीगो ब्रान्डका इलेक्ट्रिक गाडी बिक्री–वितरण गरिरहेको दीगो ग्रुप अफ कम्पनिजले रोमान्टिक भ्यालेन्टाइन अफर ल्याएको छ । आगामी फेब्रुअरी १४ मा हुने भ्यालेन्टाइन डे लक्ष्यित गरी ल्याइएको सो अफरलाई ‘गिफ्ट योर भ्यालेन्टाइन, दीगो ह्याप्पिनेस’ भनिएको छ ।
सो अफर अन्तर्गत आगामी फेब्रुअरी १४ सम्म दीगोका कुनै पनि गाडी बुकिङ गर्दा आफ्नो भ्यालेन्टाइनका साथ लक्जरियस होटल वा रिसोर्टमा वान नाइट रोमान्टिक स्टे गर्न सकिने छ ।
सो अवसरमा रोमान्टिक सेटअपका साथ डिनर र ब्रेकफास्ट गर्न सकिने छ । दीगोका अन्य गाडीका अलावा विशेष गरी ई८ कार आफ्नो भ्यालेन्टाइनलाई गिफ्ट दिन सकिने छ ।
नेपाली बजारमा केही समय पहिले मात्र दीगो ई८ कार भित्रिएको थियो । यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ छ ।
दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।
यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
सामान्य ड्राइभिङ कन्डिसनमा दीगो ई८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुने कम्पनीको भनाइ छ ।
त्यसैगरी नेपाली बजारमा विद्युतीय मिनीबस दीगो ई६ र दीगो डीएफएसके डाँफे पनि उपलब्ध छ । यी गाडीको मूल्य क्रमशः ९० लाख र ४४ लाख रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...