काठमाडौं – आफूसँग भएका जुनसुकै पेट्रोल, डिजेल वा अन्य गाडीसँग दीगो ब्रान्डको इलेक्ट्रिक गाडी साट्न सकिने भएको छ । नेपालका लागि दीगो ब्रान्डको आधिकारिक वितरक दीगो ग्रुप अफ कम्पनिजले आजैदेखि दीगो एक्सचेन्ज क्याम्प प्रारम्भ गरेको छ ।
कम्पनीको बालुवाटारस्थित सोरुममा भइरहेको सो क्याम्प अन्तर्गत नयाँ गाडीमा आकर्षक नगद छुट प्रदान गरिनुका साथै एक्सचेन्ज बोनस, आकर्षक गिफ्ट ह्याम्पर र अन्य धेरै छुटहरु प्रदान गरिने बताइएको छ ।
पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिनुका साथै नयाँ गाडीका लागि सहज फाइनान्सको व्यवस्था समेत गरिएको छ । एक्सचेन्ज क्याम्प चैत महिनाभर चल्ने छ ।
नेपाली बजारमा हाल दीगोका अन्य गाडीका साथै इलेक्ट्रिक कार ई८ रहेको छ । यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।
यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।