सोल्ड आउट भयो दीगो डीएफएसके डाँफे र ई८, दोस्रो लटको लागि खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा उपलब्ध दीगो ब्रान्डका इलेक्ट्रिक सवारी साधन मध्ये पहिलो चरणमा बिक्रीका लागि उपलब्ध डीएफएसके डाँफे माइक्रोबस र ई८ कार पुरै युनिट बिक्री भएको छ । नेपालमा यी गाडीको आधिकारिक वितरक दीगो ग्रुप अफ कम्पनिजले यी इलेक्ट्रिक गाडी बिक्री भएको बताएको छ ।

अब दोस्रो लटका लागि यी गाडीको बुकिङ खुला गरिएको छ । ती मध्ये केही गाडी बुकिङ समेत भइसकेको दीगो ग्रुप अफ कम्पनिजका सीईओ हेमन्त पुरानिकले बताए ।

दीगो डीएफएसके डाँफे ११ सिटे इलेक्ट्रिक माइक्रोबस हो । यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रोबसले यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढीभन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ ।

डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेइकलको लागि उत्तम विकल्प भएको कम्पनीको भनाइ छ ।

४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो गाडी एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलको करिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो । यो माइक्रोबसको प्रारम्भिक मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ ।

दीगो ई८ कार हालै नेपालमा भित्रिएको इलेक्ट्रिक कार हो । यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।

दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।

यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...