नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको दीगो ग्रुप अफ कम्पनिजले दीगो ई८ कारको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । दीगो ई८ को मूल्य २१ लाख ९४ हजार ५ सय तोकिएको छ । पहिले २४ लाख ९४ हजार रुपैयाँ भएकोमा अब यसको नयाँ मूल्य सार्वजनिक गरिएको हो ।

चालु आर्थिक वर्षका लागि गत वर्ष सार्वजनिक गरिएको बजेट वक्तव्यमार्फत एकै पटक अन्तःशुल्क र भन्सार दरमा गरिएको वृद्धिका कारण पहिले मूल्य सार्वजनिक गरिएको थिएन । पछि बीचमा सरकारले यसमा केही परिमार्जन गरे पश्चात दीगोको यो कारको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको थियो ।

दीगो ई८ नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये सबैभन्दा सस्तो इलेक्ट्रिक कार मानिन्छ । दीगो ई८ कार नेपाली बजारमा पहिले देखि नै स्टकमा उपलब्ध छ । यसकारण कुनै पनि ग्राहकले तत्कालै डेलिभरी लिन चाहेमा यसको समेत व्यवस्था भएको कम्पनीले जानकारी गराएको छ ।

दीगो ई८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो ।

दीगो ई८ तत्कालै मानिसको ध्यान खिच्न सक्ने ताजा डिजाइनको आधुनिक कार हो । यो आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण हो, जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । यसको मोटर क्षमता १५ किलोवाट छ । एकपटकको चार्जले सामान्य सञ्चालन अवस्था मा यो कार १५० किलोमिटरसम्म (एनइडिसी २०० किलोमिटर) कुद्छ । यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ । दीगो ई८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा १ रुपैयाँ १० पैसा मात्रै पर्छ ।

सम्बन्धित समाचारहरू

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो...

गत आर्थिक वर्षको १२ महिनामा भित्रिए बराबर विद्युतीय गाडी अहिले भित्रिए ६ महिनामै

गत आर्थिक वर्षको १२ महिनामा भित्रिए बराबर विद्युतीय गाडी अहिले भित्रिए ६ महिनामै

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामै गत आर्थिक वर्षभर नेपाल भित्रिए...

नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

काठमाडौं – विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरु एउटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...