वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम
पोखरा – पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना...
भारतको सबैभन्दा ठूलो अटोमोबाइल र मोबिलिटी शो "भारत मोबिलिटी ग्लोबल एक्सपाे" आगामी वर्ष २०२६ मा आयोजना नहुने भएको छ। यसको तेस्रो संस्करण अब २०२७ सालको फेब्रुअरी ४ देखि ९ सम्म दिल्ली-एनसीआर क्षेत्रमा आयोजना गरिनेछ।
२०२७ मा आयोजना हुने तेस्रो संस्करणको एक्सपाेमा भारतका विभिन्न क्षेत्रका उद्योगपति, सरकारी अधिकारी, प्रविधि विज्ञ तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति रहनेछ। एक्सपाेकाे आयोजना इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इन्डियाले एसआईएएम, एसीएमए, एटीएमए, एनएएसएससीओएम र सीआईआईसँगको सहकार्यमा गर्न लागेको हो । यस कार्यक्रमको मुख्य उद्देश्य भारतको इन्जिनियरिङ निर्यात तथा अटोमोबाइल क्षेत्रको प्रगति र नवप्रवर्तनलाई प्रवर्द्धन गर्नु हो।
गत वर्ष २०२४ र यस वर्षको मोबिलिटी एक्सपाे दिल्लीकाे भारत मण्डपम, द्वारकास्थित यशोभूमि र ग्रेटर नोएडास्थित एक्सपाे सेन्टरमा सम्पन्न भएको थियो। जहाँ यात्रुवाहक सवारी साधन, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे, इलेक्ट्रिक भेइकल, हेभी सवारी साधन र विभिन्न कम्पोनेन्ट प्रदर्शनमा राखिएका थिए।
२०२७ मा हुने तेस्रो संस्करण अझ विस्तारित हुने अपेक्षा गरिएको छ। यसपटक रेल, सडक, हवाई र जल यातायातसम्बन्धी प्रविधि प्रदर्शनमा रहने छन् । साथै, ग्रामीण तथा शहरी क्षेत्रमा प्रयोग हुने यातायातका साधन, कृषिमा प्रयोग हुने ट्रयाक्टर तथा विशेष मोबिलिटी समाधान पनि प्रस्तुत गरिनेछ । नयाँ खण्डहरू थपिने भएकाले एक्स्पोको पहुँच अझ व्यापक बन्नेछ।
सो एक्सपाे भारतको मोबिलिटी उद्योगलाई मात्र होइन, सम्पूर्ण अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने एउटा सशक्त माध्यम बन्ने विश्वास लिइएको छ। यसले नयाँ रोजगारी सृजना, प्राविधिक नवप्रवर्तन र अन्तर्राष्ट्रिय बजारमा भारतको स्थान बलियो बनाउने अपेक्षा गरिएको छ।
पोखरा – पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना...
विश्वकै सबैभन्दा ठुलो अटो प्रदर्शनीमध्ये एक बेइजिङ अटो शो २०२६ सुरु भएको...
अटो इन्डस्ट्रीको सबैभन्दा ठुलो कार्यक्रम भारत मोबिलिटी एक्स्पो सन् २०२५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...