बढ्यो ट्याक्सी भाडा : माघ १ देखि चढ्ना साथ ६० रुपैयाँ तिर्नु पर्ने (सूचना सहित)
काठमाडौं बागमती प्रदेशमा स्वीकृत प्राप्त गरी सञ्चालनमा रहेका...
पाेखरा - एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा नेपालकै पहिलो स्काइ चियरको निर्माण गरेको छ।
काली गण्डकी खोँच माथिको स्काइ चियरमा बसेर कुश्मा बजार, धौलागिरि हिमाल, बन्जी र स्विङ गरेको लगायतका मनोरम दृश्य हेर्न पाइनेछ। पर्यटकले स्काइ चियरमा बसेर कफी पिउन, खाजा खान लगायत फोटो भिडियो खिचाउन सक्नेछन् । विद्यमान निषेधाज्ञा पश्चात् सर्वसाधारणका लागि स्काइ चियर खुला गरिने बताइएको छ।
एक पटकमा दुई जना बस्न मिल्ने स्काइ चियर नदीबाट २ सय ५० मिटर अग्लो भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। रिपोर्ट परिसरमै हाइ रोप स्टेसनको निर्माण धमाधम भइरहेको छ।
स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कार्कीले बताए। स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो हुने बताइएको छ। साथै रिसोर्टमै भगवान् पाइलाको निर्माण भइरहेको छ।
जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन्। पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाइमा रहने बताइएको छ।
पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ। यस्ता खालका गतिविधिले पर्यटकलाई उचाइको डरसँग सामना गर्न सगाउने बताउँदै कार्की थप्छन् ‘भोलिका दिनमा पनि अन्य साहसिक गतिविधि थप्दै लैजाने योजना रहेको छ।’
काठमाडौं बागमती प्रदेशमा स्वीकृत प्राप्त गरी सञ्चालनमा रहेका...
काठमाडौं – महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने...
काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...