बजाजले ल्यायो चेतकको सबैभन्दा सस्तो स्कुटर, फुल चार्जमा १२३ किलोमिटरको रेन्ज दाबी

बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको सबैभन्दा सस्तो संस्करण लन्च गरेको छ । सो इलेक्ट्रिक स्कुटर फुल चार्जमा १२३ किलोमिटर चल्न सक्ने कम्पनीको दाबी छ । यसको मूल्य ९५ हजार ९९८ भारु राखिएको छ ।

नयाँ बजाज चेतक २९०१ इलेक्ट्रिक स्कुटर यसको अर्बन भेरिएन्ट र प्रिमियम भेरिएन्टको तुलनामा सस्तो छ । नयाँ चेतक स्कुटर जुन १५, २०२४ देखि डिलरशिपमा उपलब्ध हुनेछ। यसले ओला एस१एक्स, एथर रिज्टा एस, टीभीएस आईक्युब र भिडा भी१ प्लससँग प्रतिस्पर्धा गर्नेछ ।

चेतक २९०१ इलेक्ट्रिक स्कुटर ५ रङमा प्रस्तुत गरिएको छ। कम्पनीले इलेक्ट्रिक स्कुटरको डिजाइनमा कुनै परिवर्तन गरेको छैन । यसमा टु टोन सिट, बडी कलरको रियर भ्यू मिरर, साटिन ब्ल्याक ग्रयाब रेल र म्याचिङ पिलियन फुटरेस्ट कास्टिङ, डिस्क ब्रेक, अलोय ह्विल, एलईडी लाइटिङ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, मेटल बडी प्यानल, आईपी६७ वाटर प्रुफिङ समावेश गरिएको छ।

बजाज चेतक २९०१ मा २.८८ किलोवाट ब्याट्री प्याक जडान गरिएको छ । यसले फुल चार्जमा १२३ किलोमिटरको एआरएआई रेन्ज प्रदान गर्छ। स्कुटरको टप स्पिड ६३ किलोमिटर प्रतिघण्टा रहेको छ। यसको ब्याट्री ० देखि १०० प्रतिशतसम्म चार्ज हुन ६ घण्टा लाग्छ ।

यो इलेक्ट्रिक स्कुटरमा कलर एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल र इकोनोमी राइडिङ मोड उपलब्ध छ। स्पोर्ट्स राइडिङ मोड, कल र म्युजिक कन्ट्रोलको लागि ब्लुटुथ कनेक्टिभिटी, हिल होल्ड असिस्ट, रिभर्स मोड र फलो मी होम लाइट जस्ता थप सुविधाका लागि अतिरिक्त भुक्तानी दिनु पर्नेछ ।

सम्बन्धित समाचारहरू

बजाज चेतक इलेक्ट्रिक स्कुटरको मूल्यमा भारी कटौती, नेपालमा पनि असर पर्ने

बजाज चेतक इलेक्ट्रिक स्कुटरको मूल्यमा भारी कटौती, नेपालमा पनि असर पर्ने

बजाज अटोले आफ्नो इलेक्ट्रिक स्कुटर चेतक इलेक्ट्रिकको मूल्यमा भारी...

बजाजले दर्ता ग-यो डार्कस्टार ब्रान्ड नेम : आउला पल्सरमा आधारित एड्भेन्चर बाइक ?

बजाजले दर्ता ग-यो डार्कस्टार ब्रान्ड नेम : आउला पल्सरमा आधारित एड्भेन्चर बाइक ?

भारतीय दुई पांग्रे सवारी साधन निर्माता कम्पनी बजाजले हालै ‘डार्कस्टार’...

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज अटोले पल्सर एलान र पल्सर एलेगान्जा २ नयाँ बाइकको नाम दर्ताका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...