ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने
बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत...
बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको सबैभन्दा सस्तो संस्करण लन्च गरेको छ । सो इलेक्ट्रिक स्कुटर फुल चार्जमा १२३ किलोमिटर चल्न सक्ने कम्पनीको दाबी छ । यसको मूल्य ९५ हजार ९९८ भारु राखिएको छ ।
नयाँ बजाज चेतक २९०१ इलेक्ट्रिक स्कुटर यसको अर्बन भेरिएन्ट र प्रिमियम भेरिएन्टको तुलनामा सस्तो छ । नयाँ चेतक स्कुटर जुन १५, २०२४ देखि डिलरशिपमा उपलब्ध हुनेछ। यसले ओला एस१एक्स, एथर रिज्टा एस, टीभीएस आईक्युब र भिडा भी१ प्लससँग प्रतिस्पर्धा गर्नेछ ।
चेतक २९०१ इलेक्ट्रिक स्कुटर ५ रङमा प्रस्तुत गरिएको छ। कम्पनीले इलेक्ट्रिक स्कुटरको डिजाइनमा कुनै परिवर्तन गरेको छैन । यसमा टु टोन सिट, बडी कलरको रियर भ्यू मिरर, साटिन ब्ल्याक ग्रयाब रेल र म्याचिङ पिलियन फुटरेस्ट कास्टिङ, डिस्क ब्रेक, अलोय ह्विल, एलईडी लाइटिङ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, मेटल बडी प्यानल, आईपी६७ वाटर प्रुफिङ समावेश गरिएको छ।
बजाज चेतक २९०१ मा २.८८ किलोवाट ब्याट्री प्याक जडान गरिएको छ । यसले फुल चार्जमा १२३ किलोमिटरको एआरएआई रेन्ज प्रदान गर्छ। स्कुटरको टप स्पिड ६३ किलोमिटर प्रतिघण्टा रहेको छ। यसको ब्याट्री ० देखि १०० प्रतिशतसम्म चार्ज हुन ६ घण्टा लाग्छ ।
यो इलेक्ट्रिक स्कुटरमा कलर एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल र इकोनोमी राइडिङ मोड उपलब्ध छ। स्पोर्ट्स राइडिङ मोड, कल र म्युजिक कन्ट्रोलको लागि ब्लुटुथ कनेक्टिभिटी, हिल होल्ड असिस्ट, रिभर्स मोड र फलो मी होम लाइट जस्ता थप सुविधाका लागि अतिरिक्त भुक्तानी दिनु पर्नेछ ।
बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत...
बजाजले पल्सर एन २५० र एफ २५० लाई नयाँ कलर थिममा सार्वजनिक गरेको छ । यो नयाँ...
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...