काठमाडौंबाट चितवन र पोखरा सम्म द अमेजिङ मोटर र्याली हुने

काठमाडौं – आगामी माघ ३० र फागुन १ गते आठौ द अमेजिङ मोटर र्याली हुने भएको छ । काठमाडौदेखि चितवन र पोखरा सम्म सञ्चालन हुने उक्त र्याली रोटरी क्लब अफ बागमती काठमाडौं र केजीएच फाउन्डेसनको आयोजनमा हुन लागेको हो ।

नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र क्यान्सर वारे जनचेतना फैलाउने उद्देश्य सहित सो र्याली आयोजना हुन लागेको हो । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डबाट विहान ७ बजे र्याली शुभारम्भ भएर बेलुकी चितवको सौराहास्थित केजीएच होटल मारुनी स्यांक्चुअरी लजमा पुगेर विश्राम लिनेछ ।

त्यसैगरी फागुन १ गते चितवनबाट सो र्याली पोखराका लागि प्रस्थान गर्नेछ र बेलुकी पोखराको केजीएच होटल वाटरफ्रन्ट रिसोर्ट पुगी समापन हुनेछ ।

समापन समारोहमा र्यालीका प्रथम, द्वितीय र तृतीय स्थान विजेताहरुलाई सिल्ड, सटिफिकेट तथा पुरस्कार प्रदान गरिने छ । सो र्यालीमा मिस नेपाल २०२० का विजेताहरु पनि सहभागी हुने छन् ।

‘सेफ ड्राइभिङ अन हाइवे’ को मान्यतालाई आत्मसात गर्दै र्याली आयोजना गरिने र टीडीएस अर्थात टाइम, डिस्ट्यान्स र स्पिडको आधारमा तय गरी बाटोमा विभिन्न जनचेतनामूलक कार्य गरिने छ । गाडीको गति मापनका लागि सबै गाडीमा जीपीएस जडान गरिने आयोजकको भनाइ छ ।

र्यालीमा ४० गाडीको सहभागिता रहने आयोजक समितिका संयोजक दिवाकर राजकर्निकारले बताए ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...