कुलमानले समेत गरे नेपालमै बनेको ड्युअल स्पोर्ट मोटरसाइकल पी–१ को टेस्ट राइड

काठमाढौं – नेपाली युवा इन्जिनियरहरुको समूहले उत्पादन गरेको इलेक्ट्रिक मोटरसाइकल पी–१ को टेस्ट राइड प्रारम्भ भएको छ । सामाजिक सञ्जालमार्फत आह्वान गरिए अनुसार छानिएका राइडरहरुलाई टेस्ट राइड गर्न दिइएको हो । हायात होटलमा सो राइड कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समेत सो मोटरसाइकल टेस्ट राइड गरेका छन् ।

यात्री मोटरसाइकल्सले केही दिन पहिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त मोटरसाइकलको निर्माणमा पहिले देखि नै निरन्तर लागिरहेको बताएको थियो । कम्पनीले यो ड्युअल स्पोर्ट मोटरसाइकलको नाम पी–१ राखेको छ ।

यो मोटरसाइकलमा रहेको मोटरले १९ एचपी पावर तथा ९० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यद्यपि प्रोडक्सन भर्सनमा यो भन्दा केही फरक पनि हुन सक्ने छ । यसको मूल्यको वारेमा पनि अहिले केही जानकारी दिइएको छैन ।

यो भन्दा पहिले यात्री मोटरसाइकल्सले अर्को पी–० मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरिसकेको छ । पी–० भने भोलि बैशाख १० गते सार्वजनिक गर्ने पूर्व निर्धारित योजना छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...