बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टाटा ब्रान्डका प्यासेन्जर कारले एकपछि अर्को गर्दै लोकप्रियताको सिढीं चढ्न थालेका छन् । नेपाली बजारमा मात्र होइन भारतीय बजारमा समेत टाटाका नयाँ मोडलले स्थापित भनिएका मल्टिनेसनल ब्रान्डलाई समेत कडा टक्कर दिइरहेको छ ।
इन्डिका ह्याचब्याकबाट प्यासेन्जर कार सेग्मेन्टमा यात्रा शुरु गरेको टाटा मोटर्सले त्यसयता बोल्ट, जेस्ट र नेक्सन जस्ता बजेट कारमा धेरै नै सुधार गरेको छ । प्रिमियम सेग्मेन्टमा हेक्जा र एच फाइभ एसयूभी उतारेको यो कम्पनीसँग झण्डै आधा दर्जन मोडलका नयाँ कार पाइपलाइनमा छन् ।
टाटाका जति पनि नयाँ मोडलका कार बजारमा आएका छन्, तिनलाई हेर्दा प्रष्ट हुन्छ कि टाटा मोटर्सले यी कारको लुक्स तथा डिजाइन, पावर तथा पर्फमेन्स र फिचर्समा निकै नै मेहनत गरेको छ । यी नयाँ कारमा कम्पनीले सेग्मेन्टकै नयाँ तथा परिष्कृत फिचर्स मात्र उपलब्ध गराइरहेको छैन, साथमा यात्री र चालक दुबैको सुरक्षामा अत्याधिक संवेदनशिलता समेत देखाएको छ । जुन कुरालाई यी कारले पाएको उत्कृष्ट सेफ्टी रेटिङले समेत प्रमाणित गर्छ ।
कस्तो छ पछिल्लो समय भित्रिएको अल्ट्रोज
सन् २०१८ मा आयोजना गरिएको इन्डियन अटो एक्सपोमा पहिलोपटक प्रदर्शन गरिएको अल्ट्रोजले त्यसयता ह्याचब्याक पारखीको ध्यान खिच्दै आइरहेको छ । हाल यो सेग्मेन्टमा उपलब्ध अन्य ब्रान्डका कारको तुलनामा आकर्षक तथा स्पोर्टी लुक्स, आरामदायी फिचर्स र सुरक्षित मानिएको अल्ट्रोजमा उपलव्ध थप बिशेषता यस प्रकार रहेको छ ।
लुक्स तथा डिजाइन
यो कारको लुक्स तथा डिजाइन यही सेग्मेन्टका अन्य कारको तुलनामा एकदमै पृथक खालको छ । निखारिएको लुक्स र स्पोर्टी डिजाइनले प्रिमियम कारको झल्को दिन्छ । जसका कारण झट्ट हेर्दा पहिलो नजरमै यसले जो कोहीलाई पनि प्रभावित पार्न सक्छ । अल्ट्रोजलाई अगाडिबाट हेर्दा यसमा प्रयोग भएको ग्रिल र यससँगै जोडिएर आउने हेडल्याम्प र बम्परको तल्लो भागमा दिइएको एलईडी डीएलआरले बहुआयामिक बनाएको छ । त्यसैगरी बम्पर र ग्रिलमा दिइएको धर्काले कारको लुक्समा निखारता थप गरेको छ । सुनौलो रङको यो कारको टेलगेट माथिको भागमा दिइएको कालो रङ र आकर्षक टेलल्याम्पले थप स्पोर्टी देखाएको छ ।
इन्टेरियर र फिचर्स
टाटा मोटर्सका पछिल्ला उत्पादनमा उपलव्ध सबैभन्दा बलियो पक्ष भनेकै यसमा उपलव्ध गराइएका अत्याधुनिक फिचर्स तथा आकर्षक र आरामदायी इन्टेरियर हो । कारलाई बाहिरबाट हेर्दा जति भब्य देखिएपनि भित्री विशेषता यदि फिक्का छ भने त्यो आफैंमा पूर्ण हुँदैन । यो कुरालाई टाटा मोटर्सले भित्रैदेखि मनन गरी व्यवहारमा उतार्न समेत सफल भएको छ । जसको पुष्टि अल्ट्रोजमा उपलव्ध गराइएको आकर्षक र आरामदायी फिचर्सले प्रमाणित गर्छ ।
गाडीभित्र पसेर ड्राइभिङ सिटमा बस्नेबित्तिकै यसको आकर्षक तथा अत्याधुनिक ड्यासबोर्डले जो कोहीलाई पनि प्रभावित पारिहाल्छ । ड्यासबोर्डमा नजर लगाउँने वित्तिकै प्रिमियमपनको महशुस गर्न सकिन्छ । ७ इन्चको टचस्क्रिन, हर्मन प्रविधिको साउन्ड सिस्टम, पूर्णतः डिजिटल एनालग, क्याबिन भित्र पर्याप्त स्पेस, सेग्मेन्टकै ठूलो १५ लिटर क्षमताको ग्लोभ बक्स र दायाँबायाँ सार्न मिल्ने आर्मरेष्ट जस्ता फिचर्सले यो कारको क्याबिनलाई आरामदायी र सुबिधासम्पन्न बनाएको छ ।
गाडी गुड्दै गर्दा यसले कति पावर र टर्क खपत गरिरहेको छ भन्ने जानकारी ड्यासबोर्डमा जडान गरिएको स्क्रिनमा हेर्न सकिन्छ । त्यसैगरी पछाडिको सिटमा बस्ने यात्रीका लागि पर्याप्त लेग स्पेस, रियर एसी भेन्ट र आरामदायी तवरबाट जडान गरिएको सिटले यात्रालाई रमाइलो र थकानरहित बनाउँछ ।
इन्जिन, पावर तथा पर्फमेन्स
यो कार पेट्रोल र डिजेल गरी दुबै इन्जिन अप्सनमा उपलव्ध भए पनि नेपाली बजारमा भने तत्कालका लागि पेट्रोल भेरिएन्टमा मात्र उपलव्ध छ । यसको पेट्रोल भेरिएन्टमा १.२ लिटर रिभोट्रन इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८६ पीएस र टर्क ११३ एनएम रहेको छ । अल्ट्रोज ६ स्पिड म्यानुअल ट्रान्समिसनमा मात्र उपलव्ध छ । यो अटोमेटिक ट्रान्समिसनमा भने उपलव्ध छैन । कम र उच्च स्पिडमा समेत यो कारलाई नियन्त्रित तबरबाट ड्राइभ गर्न सकिन्छ ।
सेफ्टी फिचर्स
अल्ट्रोजमा ड्युअल एयरब्याग उपलव्ध गराइएको छ । त्यसैगरी यसमा इबीडी सहितको एबीएस, रियर पार्किङ सेन्सर, हाई स्पिड अलर्ट सिस्टम र ड्राइभर तथा अगाडि बस्ने यात्रीले सिटबेल्ट प्रयोग गरेको छ या छैन भनेर चेतावनी दिने फिचर्स उपलव्ध छ । बलियो तथा मबजुत मेटल सहितको च्यासिसका कारण सामान्य दुर्घटनाबाट हुने क्षतिबाट बच्न सकिन्छ । सेफ्टीका लागि यसले ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसलाई टप स्पिडमा हाँक्दा पनि हल्लिदैन र सजिलै नियन्त्रण गर्न सकिन्छ ।
मूल्य तथा प्रतिस्पर्धा
मूल्य र फिचर्सका आाधारमा अल्ट्रोजले यो सेग्मेन्टमा सुजुकी बलेनो र हुन्डाई इलाईट आई २० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ । बलेनो र इलाईट आई २० धेरै पहिले देखिनै कारोबार हुँदै आइरहेको र नेपाली बजारमा स्थापित मोडल हुन् । त्यसैगरी केहीदिन अघिमात्र सार्वजनिक भएको अल्ट्रोज परीक्षणकै क्रममा रहेको हुँदा यसको बजार कस्तो रहला भन्ने बिषयमा अहिल्यै नै अनुमान लगाउनु हतारो हुने देखिन्छ ।
यद्यपि यो सेग्मेन्टको बजार हिस्सा इन्डिष्ट्रिकै ठूलो भएको हुँदा धेरथोर बजार लिनेमा विश्वस्त बन्न सकिन्छ । त्यसमाथि एउटा छुट्टै लुक्स र डिजाइनका साथ आएको टाटा अल्ट्रोजमा नयाँ पुस्ताका कार पारखीहरु आकर्षित हुनसक्ने उच्च सम्भावना रहेको छ । यो कारको मूल्य नेपाली बजारमा २९ लाख ९९ हजारदेखि ३८ लाख ५५ हजार रुपैयाँसम्म पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...