पोखरामा चल्दै दिपल, सेरेस र नामी ईभीको ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’
पोखरा – दिपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा...
काठमाडौं – बजेटमा घटाइएको करका कारण नेपाली बजारमा उपलब्ध टेस्लाका इलेक्ट्रिक कारको मूल्यमा ३१ लाख रुपैयाँ सम्मले कमी भएको छ ।
नेपालमा टेस्ला गाडी बिक्री–वितरण गरिरहेको एरेट इन्टरनेसनलले तीन मोडलको मूल्य समायोजन गरेको हो । यस अनुसार टेस्ला मोडल ३ को मूल्य १ करोड ४५ लाख बाट १५ लाख घटेर १ करोड ३० लाख पुगेको छ ।
त्यसैगरी मोडल वाई स्ट्यान्डर्ड रेन्जको मूल्य १६ लाख घटेर २ करोड ५ लाख बाट १ करोड ८९ लाख पुगेको छ भने मोडल वाई लङ रेन्जको मूल्य सबैभन्दा बढी ३१ लाख रुपैयाँ घटेको छ । यसको मूल्य २ करोड ३० लाख बाट घटेर १ करोड ९९ लाख रुपैयाँ कायम गरिएको छ ।
सरकारले १०० देखि २०० र २०० देखि ३०० किलोवाट क्षमताका इलेक्ट्रिक गाडीमा घटाएको करको असर यी सवारी साधनमा परेको हो ।
१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ। यस अनुसार यो सेगमेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत कम कर तिर्नु पर्नेछ ।
त्यसैगरी २०० देखि ३०० किलोवाट क्षमताका गाडीमा अब ४५ प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । पहिले ४५ प्रतिशत भएको अन्तःशुल्कलाई ५ प्रतिशत घटाएर ४० प्रतिशत पुगेको हो ।
नेपाली बजारमा उपलब्ध टेस्ला मोडल ३ स्ट्यान्डर्ड रेन्ज प्लसको सिंगल भेरिएन्टमा उपलब्ध छ । यसमा १९८ किलोवाटको मोटर र ५४ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४५१ किलोमिटर रेन्ज दिन्छ ।
त्यसैगरी टेस्ला मोडल वाई स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको स्ट्यान्डर्ड रेन्जले सिंगल चार्जमा ४०० किलोमिटर र लङ रेन्जले ५२५ किलोमिटरको रेन्ज दिन्छ ।
यी गाडीमा विभिन्न आकर्षक विशेषता रहेका छन् ।
पोखरा – दिपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा...
चाइनिज कार निर्माता कम्पनी बीवाईडीले इन्ट्री लेभल ईभी सेडानको रुपमा...
हाल नेपालमा विद्युतीय भ्यानको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । आर्थिक,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...