टाटा ग्रुपले टेस्लालाई कम्पोनेन्ट सप्लाई गर्ने
टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न...
अमेरिकी ईभी निर्माता टेस्लाले आफ्नो पोर्टफोलियोमा कम मूल्यको ईभी ल्याउने तयारी गरेको निकै लामो समय वितिसकेको छ । सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयुभी मोडेल वाईको स्ट्रिप–डाउन संस्करण ल्याउने चर्चा चलेको पनि ३ वर्ष वितिसकेको छ । तरपनि टेस्लाले हालसम्म यसको उत्पादन थाल्न सकिरहेको छैन ।
टेस्लाले सस्तो मूल्यका ईभी ल्याउन लाग्नुको प्रमुख कारण चिनियाँ ब्रान्ड बीवाईडी लगायतसंग प्रतिस्पर्धा गर्नु हो । कम लागतको मोडल वाईलाई कम्पनीले ई४१ कोडनेम दिएर काम गरिरहेको भनिएपनि यो कहिले लन्च हुन्छ भन्ने विषय अझै प्रष्ट भैसकेको छैन ।
यसअघि चीनमा उत्पादन गर्ने तयारी थालिएको यस मोडलको विश्वव्यापी उत्पादन अव अमेरिकामा गर्ने योजना टेस्लाले बनाएको छ । मिडिया स्रोतका अनुसार टेस्लाले २०२६ मा अमेरिकामा २ लाख ५० हजार सस्तो मोडल वाई उत्पादन गर्ने लक्ष्य राखेको छ । जसको मूल्य हालको मोडल वाईको तुलनमा २० प्रतिशतसम्म सस्तो पर्ने जनाइएको छ ।
साथै, टेस्लाले आफ्नो मोडल ३ कम्प्याक्ट सेडानको स्ट्रिप–डाउन संस्करण पनि लन्च गर्ने योजना बनाइरहेको छ । सस्तो मोडेल वाईको उत्पादनमा ढिलाइ र उत्पादन लक्ष्यहरूको बारेमा कम्पनीले कुनै टिप्पणी भने गरेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलोन मस्कको नजिकको सम्वन्ध र अति दक्षिणपन्थी युरोपेली राजनीतिज्ञहरूको समर्थनका कारण पछिल्ला दिनहरुमा टेस्लाको अन्तराष्ट्र्रिय बजार घटिरहेको छ । टेस्लाको लागि अर्को चुनौती भनेको यसका सवारी साधनहरू पुरानो भइरहेका छन् र कुनै अपेक्षाकृत सस्तो मोडल छैन ।
टेस्लाले हालै ट्यारिफका कारण चीनबाट संयुक्त राज्य अमेरिकामा आफ्नो साइबरक्याब र सेमी ट्रकको लागि कम्पोनेन्टहरूको ढुवानी पनि स्थगित गरेको छ ।
टेस्ला ईभीका लागी आवश्यक कम्पोनेन्टको विश्वव्यापी आपूर्तिकर्ता बन्न...
एलोन मस्कको कम्पनी टेस्लाले अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ, जसको...
टेस्लाले लोकप्रिय इलेक्ट्रिक एसयूभी मोडल वाईमा सफ्टवेयर अपडेट गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...