टेस्ला मोडल थ्रीको सस्तो भर्सन कोरियामा लन्च, रेन्ज र फिचरमा ब्यापक कटौती

टेस्लाले दक्षिण कोरियामा मोडेल थ्रीको सस्तो भर्सन लन्च गरेको छ । इन्ट्रि लेभल सो ईभीको मूल्य २८ हजार ३०० डलर निर्धारण गरिएको छ । जुन टेस्लाले कोरियामा यसअघि बिक्री गर्दै आएको मोडल थ्रीको तुलनामा ७ हजार १०० डलर कम हो ।

फिचर र रेन्ज घटाएर बिक्री थालिएको यस भर्सनको आगमनले आगमी दिनमा टेस्लाले एसियाली बजारलाई लक्षित गरी छुट्टै नयाँ भर्सन लन्च गर्ने रणनितीलाई प्रतिविम्वित गरेको जनाइएको छ ।

कम्पनीले यसअघि दक्षिण कोरियामा लामो रेन्ज भएको रियर–ह्वील ड्राइभ संस्करण बिक्री गर्दै आएको थियो । चिनस्थित टेस्लाको सांघाई गिगाफ्याक्ट्रीमा निर्माण गरिएको सो नयाँ भर्सन छिट्टै चीनमा समेत लन्च हुने अनुमान गरिएको छ । चीनमा यसको मूल्य २४ हजार ३०० डलर निर्धारण हुने अपेक्षा गरिएको छ ।

टेस्लाले कोरियामा लन्च गरेको सो नयाँ भर्सनको रेन्ज जम्मा ३८२ किलोमिटर रहने दाबी गरिएको छ । जवकी यसको स्ट्यान्डर्ड संस्करणको रेन्ज ५८३ किलोमिटर थियो । त्यसैगरी, स्ट्यान्डर्ड भेरिएन्टले शून्यदेखी १०० किलोमिटरसम्मको गति लिन ५.२ सेकेन्ड समय लाग्नेमा अब बढेर ६.२ सेकेन्ड लिने भएको छ ।

त्यसैगरी, क्याबिनमा यसअघि लेदरले वेरिएको अपहोलेष्ट्रि राखिएकोमा सो सस्तो भेरिएन्टमा कपडाको अपहोलेस्ट्रि दिइएको छ । अगाडिको इन्फोटेनमेन्ट सिस्टमले रेडियो फंक्सन गुमाएको छ भने स्टेयरिङ ह्वील र अगाडिको सिट पावरमा समेत परिमार्जन गरिएको छ । सस्तो भर्सनमा अव सिटलाई हातैले समायोजन गर्नुपर्नेछ ।

साथै, अगाडिको सिटमा हिटिङ सिस्टम दिइएपनि भेन्टिलेसन भने हटाइएको छ । पछाडीको सिटमा हिटिङ सिस्टम पूर्ण रूपमा हटाइएको छ ।

सम्बन्धित समाचारहरू

टेस्ला मोडल वाई अपडेट, अटाे सिफ्टमा थप सुविधा उपलब्ध

टेस्ला मोडल वाई अपडेट, अटाे सिफ्टमा थप सुविधा उपलब्ध

टेस्लाले लोकप्रिय इलेक्ट्रिक एसयूभी मोडल वाईमा सफ्टवेयर अपडेट गरेको छ ।...

टेस्ला प्रमुख एलन मस्कको पारिश्रमिक १० खर्ब डलर

टेस्ला प्रमुख एलन मस्कको पारिश्रमिक १० खर्ब डलर

टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१०...

युरोपमा टेस्लाको व्यापार ४० प्रतिशतले घट्दा बीवाईडीको २२५ प्रतिशत वृद्धि

युरोपमा टेस्लाको व्यापार ४० प्रतिशतले घट्दा बीवाईडीको २२५ प्रतिशत वृद्धि

युरोपमा टेस्लाले आफ्नो बजार गुमाइरहेको एक तथ्यांकले देखाएको छ । उसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...