डोर ह्यान्डलमा जोखिम, टेस्लासहित लाखौँ गाडी फिर्ता बोलाइयो
काठमाडौं–गाडीको डोर ह्यान्डलमा देखिएको सुरक्षा जोखिमका कारण टेस्ला, जिली,...
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानको आयातमा १४५ प्रतिशत कर बढाएपछि टेस्लाले चीनबाट आफ्नो साइबरक्याब र सेमि–ट्रकको पार्टपुर्जाको आयात रोकेको छ । दुई देशबीच चलिरहेको व्यापार युद्धको बीचमा यो खबर आएको हो ।
यो कदमले साइबरक्याव र सेमि–ट्रकको ठूलो मात्रामा उत्पादन गर्ने टेस्लाको योजनालाई असर गर्न सक्ने अनुमान गरिएको छ । टेस्लाले आगामी महिनाहरूमा कम्पोनेन्ट ढुवानीहरू प्राप्त गर्न सुरु गर्ने अपेक्षा गरिरहेको थियो ।
दुई मोडलको परीक्षण उत्पादन यस वर्ष अक्टोबरमा सुरु हुने तय गरिएको थियो, त्यसपछि २०२६ मा ठूलो मात्रामा उत्पादन हुने भनिएको थियो । साइबरक्याब टेक्सास र सेमी नेभाडामा उत्पादन हुने टेस्लाको भनाई छ ।
मिडिया रिपोर्टका अनुसार टेस्लाले विगत दुई वर्षदेखि चीनमा सम्भावित अमेरिकी करलाई ध्यानमा राख्दै आफ्ना अमेरिकी प्लान्टमा उत्तरी अमेरिकाबाट प्राप्त हुने पार्टपुर्जाको अनुपात बढाउँदै आएको छ ।
यस हप्ताको सुरुमा, ट्रम्पले मेक्सिको, क्यानडा र अन्य ठाउँहरूबाट विदेशी कार र स्पेयर पार्ट्सको आयातमा लगाइएको २५ प्रतिशत करमा परिवर्तन गर्ने विचार गरिरहेको बताएका थिए ।
टेस्लाले साइबरक्याब फ्लीटको साथ रोबोट्याक्सी सेवा सुरु गर्ने योजना समेत बनाएको छ । ईभी निर्माताले २०२६ मा सेमी इलेक्ट्रिक ट्रकहरूको उत्पादन बढाउने र पेप्सी लगायतका ग्राहकहरूलाई लामो समयदेखि बाँकी रहेका अर्डरहरूको डेलिभरीलाई तीव्र बनाउने योजना पनि बनाएको छ ।
टेस्लाको प्रमुख व्यापार योजनामा परेको प्रभावले ट्रम्पको करले मस्कलाई कसरी हानि पु-याएको छ भनेर देखाउँछ, यद्यपि यो अमेरिकी स्थानीय उत्पादनलाई बढावा दिनको लागि हो । अहिले, ढुवानी निलम्बन कति समयसम्म रहनेछ भन्ने कुरा स्पष्ट छैन।
चीनले अमेरिकी सामानहरूमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएपछि टेस्लाले मोडेल एस र मोडेल एक्सको लागि नयाँ अर्डर लिन पनि बन्द गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...