अटोमोबाइल व्यवसायी र अन्य निजी क्षेत्रको अग्रसरतामा देशभर १० अक्सिजन प्लान्ट स्थापना हुने

काठमाडौं – कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत अक्सिजन फर नेपाल नामक नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट छिट्टै नै आइपुग्ने क्रममा छन् । त्यस पश्चात अक्सिजन प्लान्ट देशका विभिन्न भागमा जडान गरिने छ ।

अमेरिकी नेपाल मेडिकल फाउन्डेसन, बतास फाउन्डेसन, क्रिएसन, ह्युमानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालिको संयुक्त सहकार्य तथा अन्य थुपै्र संघ–संस्थाहरुको सहयोगमा अक्सिजन संकटको चुनौतीलाई सामना गरि नेपालको क्षमतालाई बलियो बनाउनको लागि यो कार्यको सुरुवात गरिएको हो । कोभिड–१९ को महामारीको सम्बोधनका लागि बृहत नागरिक समाजको नेतृत्वमा गरिएको यो एउटा ठूलो पहल हो ।

नेपालको सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । जेनेरेटर संचालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ, त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुवात गरिनेछ । अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भए पश्चात तोकेको स्थानसम्म लागिसकेपछि जडानका लागि तीन दिन लाग्नेछ ।

अक्सिजन जेनेरेटर युनिटहरु नेपालमा आइपुग्ने क्रममा छ । यी अक्सिजन प्लान्टहरुले कोभिड–१९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्य प्रणालीमा सहयोग पुर्याउने छ ।

अक्सिजन फर नेपाल, कोभिड–१९ को दोस्रो लहरको संकटलाई सम्बोधन गर्ने सबैभन्दा ठूलो नागरिक समाज अभियान हो, जहाँ नेपाल र बिदेशमा रहेका संघ–संस्था र नागरिकहरु एउटै छातामुनि भेला भएका छन्। यस अभियानका साझेदारहरुले तत्कालिन अक्सिजन संकटलाई समाधान गर्न नेपालको सात वटै प्रदेशमा १० वटा अक्सिजन अक्सिजन जेनेरेटर युनिटहरु स्थापना गर्नेछन्।

यस सम्बन्धी जानकारी दिन आयोजित एक भर्चुअल कार्यक्रममा सीसीएमसीका सीईओ बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका चेयरम्यान डा. भगवान कोइराला, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति, बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, अमेरिका नेपाल फाउन्डेसनका अध्यक्ष क्रिएसनका अध्यक्ष आनन्द मिश्रा, मिसन रिबिल्ड नेपालका अध्यक्ष डा. मदन उप्रेती, अमेरिका नेपाल फाउन्डेसनका अध्यक्ष डा. भुपेश खड्का आदिले सो कार्यक्रमका वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

काठमाडौं – बैशाख १६ देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा उपलब्ध...

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई...

निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा, बेलुका ७ बजेमात्र छाडिने

निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा, बेलुका ७ बजेमात्र छाडिने

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...