नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...
महिन्द्रा एन्ड महिन्द्रा कम्पीले भारतमा पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० लन्च गर्ने तयारी अवस्थामा रहेको छ । सो एसयूभी ३ भेरिएन्ट टप स्पेसिफिकेसन्स सहित लन्च गर्ने भएको छ ।
एक्सयूभी ४०० बेस, ईपी र ईएल भेरिएन्टमा लन्च हुनेछ ।
यसको टप भेरिएन्टमा महिन्द्राके एड्रेनो एक्स सफ्टवेयरको साथमा ७.० इन्च टचस्क्रिन, सिंगल प्यान सनरुफ र ओभर द एयरको साथमा कनेक्टेड टेक्नोलोजी जस्ता फिचर हुनेछ ।
सेफ्टीका लागि सो एसयूभीमा ६ वटा एयरब्याग, अल राउन्ड डिस्क ब्रेक र आईएसओफिक्स चाइल्ड सिट समावेश छ ।
यसमा ३९.४ केडब्ल्युएचको ब्याट्री समावेश छ जसले १५० एचपीको पावर र ३१० एनएमको टर्क जेनेरेट गर्छ ।
कम्पनीले सो एसयूभी ८.३ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको गतिमा गुड्ने दाबी गरेको छ । यो श्रेणीमा सबैभन्दा तीव्र गतिको गाडी हुनेछ । यसको अधिकतम गति १५० किलोमिटर प्रतिघन्टा हुनेछ ।
सो एसयूभीको ब्याट्रीले सिंगल चार्जमा ४५६ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्ने छ ।
५० किलोवाट डिसी फास्ट चार्जरले यसलाई ५० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
यसमा फन, फास्ट र फियरलेस गरी ३ ड्राइभिङ मोड रहेको छ ।
सो एसयूभीको मूल्य जनवरी २०२३ मा सार्वजनिक गरिने छ ।
यसको मूल्य भारतमा १८ देखि २० लाख भारु सम्म हुने अनुमान गरिएको छ ।
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...
डिसेम्बर महिनामा सम्पन्न युरो एनक्याप क्र्यास टेस्टमा थप चार नयाँ चाइनिज...
भारतमा एक स्टार्टअप कम्पनी पीएमभीले सस्तो इलेक्ट्रिक कार ईएसएस–ई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...