निषेधाज्ञामा घरैमा औषधि चाहियो ? अनलाइन औषधिलाई सम्पर्क गर्नुस्
लकडाउन छ । घरमा औषधि चाहिएको छ । यो समयमा सबैको सहयोगी बनेको छ । अनलाइन औषधि...
काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले विद्युतीय सवारी साधनको करलाई सामान्य परिमार्जन गरेको छ ।
आर्थिक अध्यादेशले व्यवस्था गरे अनुसार ५० किलोवाटसम्मको मोटर क्षमता भएका विद्युतीय सवारीमा १० प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसमा अन्तःशुल्क लगाइएको छैन। पहिले १०० किलोवाट सम्म क्षमतामा मात्र शुल्कको व्यवस्था थियो ।
धेरैले बढ्ने अनुमान गरेको १०० किलोवाट सम्म क्षमताका सवारीमा करको दरलाई केही बढाइएको छ । यस अनुसार ५० देखि १०० किलोवाटसम्ममा भन्सार ५ प्रतिशत बढाइएको छ। यसअघि १० प्रतिशतको ठाउँमा १५ प्रतिशत भन्सार बनाइएको छ। यस अघि अन्तःशुल्क नभएकोमा अहिले १० प्रतिशत अन्तःशुल्क लगाइएको छ।
१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ।
२०० देखि ३०० किलोवाट क्षमताका सवारीको भन्सार दरलाई ४५ प्रतिशतबाट घटाएर ४० प्रतिशत गरिएको छ भने अन्तःशुल्क यथावत ४५ प्रतिशत राखिएको छ ।
लकडाउन छ । घरमा औषधि चाहिएको छ । यो समयमा सबैको सहयोगी बनेको छ । अनलाइन औषधि...
वीरगञ्ज – वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भ हुने अवसरमा...
टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...