स्कोडा अटो र फक्स्वागनलाई भारतमा १.४ बिलियन अमेरिकी डलर कर छलीको आरोप

भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस जारी गरेको छ । कम्पनीले स्कोडा, फक्सवागन र अडी मोडलका कम्पोनेन्टमा कम आयात कर तिरेको जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार, फक्सवागनले लगभग पूरै कार अनएसेम्बल अवस्थामा आयात गरेपनि कर छल्न उसले व्यक्तिगत पार्ट्स को रूपमा गलत घोषणा र गलत वर्गीकृत गरेको थियो । कम्पनीले यी आयातमा ५ देखी १५ प्रतिशत मात्रै महसुल तिरेको बताइएको छ जवकी सीकेडी आयातमा ३० देखी ३५ प्रतिशतसम्म आयात शुल्क तिर्नुपर्ने हुन्छ ।

‘स्कोडा अटो र फक्सवागन इन्डियाले जानाजान यस्तो गल्ति गरेको छ र जसलाई पत्ता लगाउनबाट जोगिन उसले विभिन्न शिपमेन्ट कन्साइनमेन्टहरू प्रयोग गरेको छ’ महाराष्ट्रको भन्सार आयुक्तको ९५ पृष्ठको सूचनामा भनिएको छ । यसमा मुख्यतया स्कोडा सुपर्ब, कोडियाक, फक्सवागन टिग्वान, अडी क्यू५ र ए४ जस्ता मोडलहरू समावेश थिए ।

कर छलिको आरोप लागेपछि कम्पनीले एक बिज्ञप्ती जारी गर्दै भनेको छ, ‘एक जिम्मेवार भएकाले फक्सवागन र स्कोडा अटो सम्पूर्ण विश्वव्यापी र स्थानीय कानून तथा नियमहरूको पालना गर्न प्रतिबद्ध छ । हामी सूचनाको विश्लेषण गरिरहेका छौं र अनसन्धानमा संलग्न कर्मचारीलाई हाम्रो पूर्ण सहयोग रहनेछ ।’

सम्बन्धित समाचारहरू

होन्डा सिटीसँग प्रतिस्पर्धा गर्न फक्सवागनले ल्याउदै छ भर्टस सेडान कार

होन्डा सिटीसँग प्रतिस्पर्धा गर्न फक्सवागनले ल्याउदै छ भर्टस सेडान कार

फक्सवागनले भारतीय बजारका लागि नयाँ मिड साइज सेडान कार ल्याउने तयारी...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

जीडब्लुएमका तीन गाडी भित्रिए नेपालमा : विश्वकै सस्तो इलेक्ट्रिक कार ओरा आर१  समेत ल्याउने

जीडब्लुएमका तीन गाडी भित्रिए नेपालमा : विश्वकै सस्तो इलेक्ट्रिक कार ओरा आर१ समेत ल्याउने

काठमाडौं – ग्रेटवाल मोटर (जीडब्लुएम) कम्पनीले तीन मोडलका गाडी नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...