पेट्रोल/डिजेलबाट चल्ने कार थप महंगो हुने, यस्तो छ कारण

काठमाडौं– सरकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटले पेट्रोलियम पदार्थबाट चल्ने कार थप महंगो हुने भएको छ । भन्सार र अन्तशुल्कको दरमा कुनै फेरवदल नगरिएपनि सडक निर्माण दस्तुरमा बृद्धि र यसअघि दिईदै आएको भन्सार छुटको सुविधा हटाइएका कारण पेट्रोलियम कार थप महंगो महंगो हुने भएको हो ।

यसअघि सरकारले १ हजारदेखी २ हजार सिसी क्षमतासम्मका कारमा ८ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदै आएकोमा यसलाई बढाएर १० प्रतिशत पुर्याएको छ । यसैगरी, भारत र चीनबाट आयात हुने कारमा ३ प्रतिशत भन्सार छुट दिँदै आएकोमा यसलाई हटाएका कारण यस्ता कारमा ५ प्रतशित कर बृद्धि भएको हो । ।

उच्च करका कारण यसैपनि महंगो रहँदै आएको पेट्रोलियम कारमा थप कर थपिँदा बजार थप प्रभावित बन्ने देखिन्छ । पेट्रोलियम कारमा सरकारले अहिले गाडीको क्षमता अनुसार ३०० प्रतिशतसम्म कर लगाउँदै आएको छ भने विद्युतिय कारमा अधिकतम २०० प्रतिशतसम्म छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...