लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने
काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा...
‘मैले हातमा नमेट्ने गरेर लेखेँ तपाईहरुले मनमा लेखिदिनुहुन हार्दिक अनुरोध’ लेख्दै ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख सिताराम हाछेथुले शनिबार बिहानै फेसबुकमा ट्याटु खोपेको तस्वीर सार्वजनिक गरे । उनले नाडीमा ‘ट्राफिक नियम पालना गरौं’ भन्दै ट्याटु खोपेका छन् । उनको उक्त तस्बीरमा सकारात्मक र उर्जाशील प्रतिक्रिया आइरहेका छन् ।
उनले यो ट्याटु डेढ वर्ष अघि खोपेका हुन् । तर, अहिले फेरि सडकमै आएपछि ट्याटु सार्वजनिक गरेको हाछेथु बताउँछन् ।
डेढ वर्ष अघिमात्र सरकारी सेवाबाट अवकास पाएका हाछेथुले करिव २९ वर्ष ट्राफिक प्रहरीमा बिताए । यो अवधिमा उनको अधिकांश समय सकडमै बित्यो । जसको झल्को अवकासप्राप्त भैसकेपछि पनि उनको मनबाट हटेन । ‘अवकास लिएको ६ दिनसम्म त मलाई निन्द्रा लागेन छटपटी भयो,’ उनी भन्छन्, ‘मेरो घर अरनिको राजमार्ग नजिकै भएकाले गाडीले हर्न बजाउँदा र गाडीको आवाज कानमा ठोक्किँदा सडकमै जाउँ–जाउँ लाग्थ्यो ।’
२९ वर्ष बिताएको पेसाबाट अलग्गिदा यस्तो लाग्नु स्वभाविकै हो । उनलाई शरीरमा ट्याटु खोप्ने ठूलो रहर थियो । तर, नेपाली प्रहरीको नुनपानी खाएकाले उनले ट्याटु खोप्न पाएका थिएनन् । अवकास प्राप्त भएपछि उनी एकजना साथी लिएर ठमेलस्थित गगन ट्याटुमा गए । त्यहाँ उनको ट्याटु खोप्नक लागि सबै तयारी पुरा भयो । यत्तिकैमा ट्याटु खोप्नेले के नामको खोप्ने भनेर हाछथुलाई सोेधे । उनले सिधै ट्राफिक नियम पालना गरौं भनिदिए । त्यसपछि ट्याटु खोप्ने मान्छे मज्जाले हाँसेको हाछेथु सम्झन्छन् । ‘उसले मैले मेरो श्रीमती अथवा छोराछोरीको नाम भन्छु भन्ने सोचेको रहेछ,’ उनी भन्छन्, ‘मैले ट्राफिक नियमको पालना गरौं भन्दा ती भाई मज्जाले हासेको थिए । सुरुमा त उनले मैले ट्याटु खोप्न लागेको भनेर पत्याएका थिएनन् ।’
त्यो भन्दा पहिला त्यस्तो अक्षरको ट्याटु नखोपेका हुनाले उसलाई फन्ट खोज्नै निकै समय लागेको हाछेथु बताउँछन् । ट्याटु खोपिसकेपछि उनले हाछेथुलाई ५० प्रतिशत छुट समेत दिए । ‘सुरुमा ट्याटु खोपेको ५ हजार रुपैयाँ लाग्छ भन्दै थिए,’ उनले भने, ‘ट्याटु खोपिसकेपछि ट्राफिक नियमको बारेमा पहिलोपटक ट्याटु खोपेको भनेर ५० प्रतिशत छुट गरेर २ हजार ५ सय रुपैयाँमात्र लिए ।’ प्रहरी सेवाबाट अवकाश प्राप्त भैसकेपछि हाछेथु ट्राफिक नियमको जनचेतना फैैलाउनका लागि विभिन्न स्कुल तथा कलेजमा पुग्थे । त्यहाँ आफ्नो ट्याटु देखेर सबै अचम्म मान्ने गरेको उनी बताउँछन् ।
अवकाश जीवन बिताइरहेका हाछेथुलाई २ महिना अघि अर्थात १५ भदौमा ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको थियो । ट्राफिक प्रहरी हुँदा चर्चामा आएका उनले ललितपुर महानगरपालिकाको प्रहरी प्रमुखको जिम्मेवारी पाइसकेपछि धेरै काम गरिसकेका छन् । पहिलो काम उनले महानगरभित्रका सडकका फुटपाथमा राखेर मोटरसाइकल मर्मत गर्ने काम बन्द गराए ।
यससँगै रक्सीजन्य पदार्थको बारेमा गरिएका विज्ञापन हटाए, अनधिकृत रुपमा राखिएका होडिङ बोर्ड हटाए, कुपन्डोलदेखि कुमारीपाटीसम्म र एकान्तकुनादेखि जावलाखेलसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरेका छन् । जसमा कसैले पनि फुटपाथमा पसल वा कुनै सामान राख्न पाउने छैनन् । यस्तै, महानगरभित्र रहेका मठ मन्दिर तथा पाटीहरु दिनको एउटा सफा गर्ने, महानगरभित्रका नौ वटा चोकमा ट्राफिक प्रहरीलाई सहयोग गर्न एकजना नगर प्रहरी परिचालन गरेका छन् । यसैगरी, उनी ललितपुर महानगरको प्रहरी प्रमुख भएसँगै प्रहरीको पोषाक परिवर्तन गराए भने नगर प्रहरीले लठ्ठी नबोक्ने निर्णयसमेत गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...