नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

टाटा मोटर्सले आफ्नो प्रसिद्ध मोडल सिएरालाई पुनः प्रस्तुत गर्ने तयारी गरिरहेको छ । ९० को दशकमा निकै लोकप्रिय सो एसयूभी लामो समयदेखि बन्द अवस्थामा थियो । अब कम्पनीले यसलाई नयाँ अवतारमा ल्याउन लागेको छ, जसको पहिलो संस्करण इलेक्ट्रिक हुनेछ।  यसको पेट्रोल र डिजेल भेरिएन्ट भने पछि मात्र लन्च गर्नेछ ।

कम्पनीले सिएरालाई २०२५ को बीएमजीई कार्यक्रममा लन्च गर्ने योजना बनाएको छ। हाल यसको परीक्षण भइरहेको छ । परीक्षणमा देखिएको मोडलको डिजाइन यसअघि प्रस्तुत गरिएको कन्सेप्ट भर्सनसँग मिल्दोजुल्दो देखिन्छ । यसको फ्रन्टमा फराकिलो ग्रिल, स्लिम हेडलाइट र सम्पूर्ण चौडाइमा फैलिएको एलईडी लाइट बार हुने अपेक्षा गरिएको छ। पछाडिको भागमा स्लिक टेल ल्याम्प स्ट्रिप, रूफ स्पोइलर र बलियो बम्पर हुनेछ। साथै, यसमा कालो छतसहित प्यानोरामिक सनरुफ हुनेछ ।

टाटाको नयाँ इलेक्ट्रिक सिएरामा ह्यारियर ईभीमा जस्तै ड्युअल मोटर सेटअप हुनेछ । यसले ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने सम्भावना छ। यसको पेट्रोल भेरिएन्टमा १.५ लिटर टर्बोचार्ज्ड इन्जिन हुनेछ, जसले करिब १६८ पीएस पावर र २८० एनएम टर्क दिनेछ। डिजेल भेरिएन्टमा भने २.० लिटर इन्जिन हुने अपेक्षा छ, जसले करिब १७० पीएस पावर र ३५० एनएम टर्क उत्पादन गर्नेछ। सो इन्जिनसँग ६ स्पिड म्यानुअल वा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन विकल्प उपलब्ध हुने अनुमान गरिएको छ ।

नयाँ सिएरामा ट्रिपल -स्क्रिन लेआउट हुनेछ, जसअन्तर्गत १२.३ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट डिस्प्ले, १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १२.३ इन्चको ड्राइभर डिस्प्ले उपलब्ध हुनेछ। यसका साथै, लेभल २ एडीएएस, ३६०-डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट जस्ता प्रिमियम फिचर पनि हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...

नेपालमै बनेको यात्री पी–१ मोटरसाइकल १० हजारमा बुकिङ गर्न सकिने

नेपालमै बनेको यात्री पी–१ मोटरसाइकल १० हजारमा बुकिङ गर्न सकिने

काठमाडौं – यात्री मोटरसाइकल्सले हालै सार्वजनिक गरेको पी–१ मोटरसाइकल १०...

नेपालमै सवारी साधन एसेम्बलको लहर : यी हुन् चालु आर्थिक वर्षमा दर्ता भएका ६ कम्पनी

नेपालमै सवारी साधन एसेम्बलको लहर : यी हुन् चालु आर्थिक वर्षमा दर्ता भएका ६ कम्पनी

काठमाडौं – नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...