नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

टाटा मोटर्सले आफ्नो प्रसिद्ध मोडल सिएरालाई पुनः प्रस्तुत गर्ने तयारी गरिरहेको छ । ९० को दशकमा निकै लोकप्रिय सो एसयूभी लामो समयदेखि बन्द अवस्थामा थियो । अब कम्पनीले यसलाई नयाँ अवतारमा ल्याउन लागेको छ, जसको पहिलो संस्करण इलेक्ट्रिक हुनेछ।  यसको पेट्रोल र डिजेल भेरिएन्ट भने पछि मात्र लन्च गर्नेछ ।

कम्पनीले सिएरालाई २०२५ को बीएमजीई कार्यक्रममा लन्च गर्ने योजना बनाएको छ। हाल यसको परीक्षण भइरहेको छ । परीक्षणमा देखिएको मोडलको डिजाइन यसअघि प्रस्तुत गरिएको कन्सेप्ट भर्सनसँग मिल्दोजुल्दो देखिन्छ । यसको फ्रन्टमा फराकिलो ग्रिल, स्लिम हेडलाइट र सम्पूर्ण चौडाइमा फैलिएको एलईडी लाइट बार हुने अपेक्षा गरिएको छ। पछाडिको भागमा स्लिक टेल ल्याम्प स्ट्रिप, रूफ स्पोइलर र बलियो बम्पर हुनेछ। साथै, यसमा कालो छतसहित प्यानोरामिक सनरुफ हुनेछ ।

टाटाको नयाँ इलेक्ट्रिक सिएरामा ह्यारियर ईभीमा जस्तै ड्युअल मोटर सेटअप हुनेछ । यसले ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने सम्भावना छ। यसको पेट्रोल भेरिएन्टमा १.५ लिटर टर्बोचार्ज्ड इन्जिन हुनेछ, जसले करिब १६८ पीएस पावर र २८० एनएम टर्क दिनेछ। डिजेल भेरिएन्टमा भने २.० लिटर इन्जिन हुने अपेक्षा छ, जसले करिब १७० पीएस पावर र ३५० एनएम टर्क उत्पादन गर्नेछ। सो इन्जिनसँग ६ स्पिड म्यानुअल वा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन विकल्प उपलब्ध हुने अनुमान गरिएको छ ।

नयाँ सिएरामा ट्रिपल -स्क्रिन लेआउट हुनेछ, जसअन्तर्गत १२.३ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट डिस्प्ले, १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १२.३ इन्चको ड्राइभर डिस्प्ले उपलब्ध हुनेछ। यसका साथै, लेभल २ एडीएएस, ३६०-डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट जस्ता प्रिमियम फिचर पनि हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

मिस इको इन्फिनिटी बनिन् आश्मा केसी, पाइन् नियुको इलेक्ट्रिक स्कुटर

मिस इको इन्फिनिटी बनिन् आश्मा केसी, पाइन् नियुको इलेक्ट्रिक स्कुटर

काठमाडौं – मिस युनिभर्स नेपाल २०२२ अन्तर्गत आश्मा केसी मिस इको इन्फिनिटी...

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारी सम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम

टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...