नेक्सन इभीको लोकप्रियता पछि अब नेपाली बजारमा टाटा टिगोर इभी आउने

टाटा गाडीको नेपालका लागि आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले नयाँ इभी टिगोर नेपाल ल्याउने बताएको छ । हाल कारोबार भैरहेको टाटा नेक्सन इभीमा समेत उपलब्ध जिपट्रेन प्रबिधीमा आधारित भई निर्माण गरिएको यो कम्प्याक्ट सेडानलाई छिट्टै नेपाल भित्राउने कम्पनीले बताएको हो ।

२६ किलोवाटको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको यो कारलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने बताइएको छ । यसमा जडान गरिएको विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।

यसमा दिइएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यसैगरी १५ एएमपी प्लगबाट समेत चार्ज गर्न सकिने हुँदा ग्राहकले आफ्नो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सक्नेछन । यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो नयाँ कारलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।

नेपाली बजारमा यो इलेक्ट्रिक कार डेटोन ग्रे र टिल ब्लू गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ । यसको डुअल–टोन भेरियन्टमा भने माथिल्लो भाग कालो रंगको हुनेछ । ग्रिलमुनी कोरिएको निलो रंगका कारण यसलाई परैबाट सजिलै इलेक्ट्रिक कार भनेर छुट्टाउन सकिनेछ । ।यसमा दिइएको डिआरएल लाइटले कारलाई आकर्षक बनाएको छ । त्यसैगरी आकर्ष ह्विल र फोल्डेबल रियर भ्यू मिरर दिइएको छ । यो कारमा ३१६ लिटरको बुट स्पेस दिइएको छ ।

टिगोरको ड्यासबोर्डलाई फिक्का ग्रे र कालो थिम सहित डुअल–टोन कलरमा समायोजन गरिएको छ । यो कारमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, एडजस्ट गर्न मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू दिइएको छ । त्यस्तै, स्मार्ट की पुस–बटन स्टार्ट र पोर्टेबल चार्जिङ केबल पनि उपलब्ध गराइएको छ । यसको अतिरिक्त चालक र यात्रु सहजताको लागि रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक सहित ३० भन्दा बढी अन्य कनेक्टिभिटी फिचर्स उपलब्ध गराइएको छ ।

डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताले यो कारलाई सुरक्षित बनाएको दाबी गरिएको छ । कम्पनीले यसको ब्याट्री र मोटरमा ८ वर्ष अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

भारतीय बजारमा यो इलेक्ट्रिक कारको सुरुवाती मूल्य ११ लाख ९९ हजार भारु तोकिएको छ । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ । यो नयाँ इलेक्ट्रिक कारले ग्लोबल एनक्याप सेफ्टि टेष्टमा ४ स्टार रेटिङ पाएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सद्वारा  २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

टाटा मोटर्सद्वारा २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

टाटा मोटर्सले सन् २०२६ मा तीन नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने तयारी...

२ बर्षमा ५० हजार यूनिट बिक्री भयो टाटा टियागो ईभी, नेपालमा पनि लोकप्रिय बन्दै

२ बर्षमा ५० हजार यूनिट बिक्री भयो टाटा टियागो ईभी, नेपालमा पनि लोकप्रिय बन्दै

काठमाडौं–टाटा मोटर्सले आफ्नो इन्ट्रि लेभल कार टियागो ईभी ५० हजार यूनिट...

भाारतमा नेक्सन इभीको बिक्री १० हजार नाघ्यो, नेपालमा समेत माग उच्च

भाारतमा नेक्सन इभीको बिक्री १० हजार नाघ्यो, नेपालमा समेत माग उच्च

भारतमा नेक्सन इभीको बिक्री १० हजार युनिट नाघेको छ । यससंगै यो एसयुभीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...