इलेक्ट्रिक कार सेग्मेन्टमा रेकर्ड : पहिलो दिनमै १० हजार युनिट टाटा टियागो ईभी बुकिङ

टाटा मोटर्सले बुकिङ खुला गरेको पहिलो दिनमै भारतमा टियागो ईभीको १० हजार युनिट बुकिङ भएको छ । जसले गर्दा कम्पनीले अर्को १० हजार ग्राहकका लागि मूल्यमा कुनै परिवर्तन नगर्ने नयाँ घोषणा गरेको छ । हाल सो कारको मूल्य ८ लाख ४९ हजार भारु छ ।

टाटा टियागोको बुकिङ २१ हजार भारुको टोकन रकममा खुला छ । यो अनलाइन वा डिलरशिपमा गएर बुक गर्न सकिन्छ । ग्राहकहरूको लागि सो कारको टेष्ट ड्राइभ डिसेम्बर २०२२ को अन्त्यमा र डेलिभरी जनवरी २०२३ बाट सुरु हुनेछ ।

टाटा टियागो ईभीमा २ वटा ब्याट्रीको विकल्प रहेको छ । पहिलो १९.२ किलोवाटको ब्याट्री, जसले ४५ केडब्ल्युएचको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ भने दोस्रो २४ किलोवाटको ब्याट्री, जसले ५५ केडब्ल्युएचको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

टाटा टियागो ईभीको डिजाइन यसको पेट्रोल मोडलसँग मिल्दोजुल्दो छ । यो ५ रङमा उपलब्ध हुनेछ । यसमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको सुविधा पनि दिइएको छ ।

कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट÷स्टप र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध गराइएको छ । यसमा मल्टी मोड रि–जेनेरेसन पनि उपलब्ध छ ।

टाटा टियागो ईभी जिपट्रोन प्लेटफर्ममा तयार पारिएको हो । यसको फ्रन्टमा २ वटा एयरब्याग रहेको छ । अचानक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि एबीएस सिस्टममा ईबीडी जडान गरिएको छ । पार्किङका लागि रिभर्स क्यामेरा पनि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन्दस, ईभी नेपाल एक्सपोमा हेर्न सकिने

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर राफ्ट इन्दस, ईभी नेपाल एक्सपोमा हेर्न सकिने

काठमाडौं – नेपाली बजारमै सबैभन्दा बढी अर्थात सिंगल चार्जमा ३२० किलोमिटर...

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

एमभी दुगड ग्रुपले ल्यायो शक्तिशाली इन्डोनेसियन इलेक्ट्रिक स्कुटर, घिसिङले गरे सार्वजनिक

काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले...

परीक्षण सकिँदा पनि सुजुकीको इलेक्ट्रिक कार वागन आर किन लन्च भएन ?

परीक्षण सकिँदा पनि सुजुकीको इलेक्ट्रिक कार वागन आर किन लन्च भएन ?

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई-भिटारा लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...