फेरि चर्चामा सवारी प्रदूषण मापदण्ड : युरो ६ कि युरो ४ ?
विश्वभर विभिन्न देशहरुमा सवारी साधनबाट निस्कने प्रदूषणलाई न्यूनीकरण...
टाटा मोटर्सले बुकिङ खुला गरेको पहिलो दिनमै भारतमा टियागो ईभीको १० हजार युनिट बुकिङ भएको छ । जसले गर्दा कम्पनीले अर्को १० हजार ग्राहकका लागि मूल्यमा कुनै परिवर्तन नगर्ने नयाँ घोषणा गरेको छ । हाल सो कारको मूल्य ८ लाख ४९ हजार भारु छ ।
टाटा टियागोको बुकिङ २१ हजार भारुको टोकन रकममा खुला छ । यो अनलाइन वा डिलरशिपमा गएर बुक गर्न सकिन्छ । ग्राहकहरूको लागि सो कारको टेष्ट ड्राइभ डिसेम्बर २०२२ को अन्त्यमा र डेलिभरी जनवरी २०२३ बाट सुरु हुनेछ ।
टाटा टियागो ईभीमा २ वटा ब्याट्रीको विकल्प रहेको छ । पहिलो १९.२ किलोवाटको ब्याट्री, जसले ४५ केडब्ल्युएचको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ भने दोस्रो २४ किलोवाटको ब्याट्री, जसले ५५ केडब्ल्युएचको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।
टाटा टियागो ईभीको डिजाइन यसको पेट्रोल मोडलसँग मिल्दोजुल्दो छ । यो ५ रङमा उपलब्ध हुनेछ । यसमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको सुविधा पनि दिइएको छ ।
कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट÷स्टप र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध गराइएको छ । यसमा मल्टी मोड रि–जेनेरेसन पनि उपलब्ध छ ।
टाटा टियागो ईभी जिपट्रोन प्लेटफर्ममा तयार पारिएको हो । यसको फ्रन्टमा २ वटा एयरब्याग रहेको छ । अचानक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि एबीएस सिस्टममा ईबीडी जडान गरिएको छ । पार्किङका लागि रिभर्स क्यामेरा पनि उपलब्ध छ ।
विश्वभर विभिन्न देशहरुमा सवारी साधनबाट निस्कने प्रदूषणलाई न्यूनीकरण...
नेपालमा स्तरिय कार रेन्टल सेवा उपलब्ध गराउँदै आएको स्पार्क ग्रुपले सन्...
यस वर्षको बेइजिङ अटो शोमा फक्सवागन र टोयोटालगायत अन्य अटो निर्माताहरूले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...