टाटा पन्चको नयाँ फिचर खुलासा : यस्तो आकर्षक हुनेछ फिचर
टाटा पन्च अक्टोबर ४ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला नै टाटा पन्च...
एसयुभीको उत्पादन र कारोबारमा आक्रमक देखिएको टाटा मोटर्सले पछिल्लो समय बिभिन्न एडिसनका यस्ता गाडी सार्बजनिक गरिरहेको छ । केही समयअघिमात्र सफारी, नेक्सन र ह्यारियरको डार्क एडिसन लन्च गरेको यो कम्पनीले अहिले काजीरंगा एडिसन सार्बजनिक गरिरहेको छ । कम्पनीले भरतीय बजारमा लोकप्रिय बनिरहेको सफारी, ह्यारियर, नेक्नस र पन्च एसयुभीको काजीरंगा एडिसन सार्बजनिक गरिएको हो ।
भारतको प्रसिद्ध नेश्नल पार्क काजीरंगा प्रति श्रद्धा ब्यक्त गर्ने गरी सार्बजनिक गरिएको यो एडिसनमा कम्पनीले केही नयाँ फिचर्स समेत थप गरेको छ । घाँसे मैदानको पेन्ट थिममा डिजाइन गरिने यी एसयुभीमा स्ट्यान्डर्ड मोडलको तुलनामा अन्य केही कस्मेटिक चेन्ज समेत गरिनेछ । जसलाई गाडीभित्रको इन्टेरियरमा समेत देख्न सकिन्छ ।
पियानो ब्ल्याक फिनिसमा डुअल टोन रुफ सहित निर्माण हुने यो एडिसनको अर्को प्रमखु बिशेषताका रुपमा फ्रन्ट फेन्डरमा दिइने एकसिंगे गैडाको मस्कट रहनेछ । जसले ‘गो एनिह्वेयर’ डिएनएलाई अत्मसाथ गर्ने बताइएको छ । साथै यसमा व्ल्याक जेट एलोय ह्विल्स समेत दिइनेछ ।
यो एडिसन अन्तर्गत उपलब्ध हुने एसयुभीको मूल्य केही महंगो पर्ने जनाइएको छ । जसअन्तर्गत पन्चको ८ लाख ५८ हजार, नेक्सनको ११ लाख ७८ हजार, ह्यारियरको २० लाख ४ हजार र सफारीको २० लाख ९९ हजार भारु निर्धारण गरी बुकिङ लिने काम भैरहेको छ ।
टाटा पन्च अक्टोबर ४ मा लन्च हुने भएको छ । लन्चिङ भन्दा पहिला नै टाटा पन्च...
काठमाडौं–टाटा पन्च फेसलिफ्टले क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।...
काठमाडौँ । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रेट एक्सचेन्ज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...