कस्तो हुनेछ टाटा एसयुभीको काजीरंगा एडिसन ? यी बिशेषता हुनेछन् थप

एसयुभीको उत्पादन र कारोबारमा आक्रमक देखिएको टाटा मोटर्सले पछिल्लो समय बिभिन्न एडिसनका यस्ता गाडी सार्बजनिक गरिरहेको छ । केही समयअघिमात्र सफारी, नेक्सन र ह्यारियरको डार्क एडिसन लन्च गरेको यो कम्पनीले अहिले काजीरंगा एडिसन सार्बजनिक गरिरहेको छ । कम्पनीले भरतीय बजारमा लोकप्रिय बनिरहेको सफारी, ह्यारियर, नेक्नस र पन्च एसयुभीको काजीरंगा एडिसन सार्बजनिक गरिएको हो ।

भारतको प्रसिद्ध नेश्नल पार्क काजीरंगा प्रति श्रद्धा ब्यक्त गर्ने गरी सार्बजनिक गरिएको यो एडिसनमा कम्पनीले केही नयाँ फिचर्स समेत थप गरेको छ । घाँसे मैदानको पेन्ट थिममा डिजाइन गरिने यी एसयुभीमा स्ट्यान्डर्ड मोडलको तुलनामा अन्य केही कस्मेटिक चेन्ज समेत गरिनेछ । जसलाई गाडीभित्रको इन्टेरियरमा समेत देख्न सकिन्छ ।

पियानो ब्ल्याक फिनिसमा डुअल टोन रुफ सहित निर्माण हुने यो एडिसनको अर्को प्रमखु बिशेषताका रुपमा फ्रन्ट फेन्डरमा दिइने एकसिंगे गैडाको मस्कट रहनेछ । जसले ‘गो एनिह्वेयर’ डिएनएलाई अत्मसाथ गर्ने बताइएको छ । साथै यसमा व्ल्याक जेट एलोय ह्विल्स समेत दिइनेछ ।

यो एडिसन अन्तर्गत उपलब्ध हुने एसयुभीको मूल्य केही महंगो पर्ने जनाइएको छ । जसअन्तर्गत पन्चको ८ लाख ५८ हजार, नेक्सनको ११ लाख ७८ हजार, ह्यारियरको २० लाख ४ हजार र सफारीको २० लाख ९९ हजार भारु निर्धारण गरी बुकिङ लिने काम भैरहेको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ केवल साढे ५ वर्षमै ५ लाख युनिट बिक्री भएको टाटा नेक्सन

यस्तो छ केवल साढे ५ वर्षमै ५ लाख युनिट बिक्री भएको टाटा नेक्सन

टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन बिक्री–वितरण गर्न सफल भएको छ।...

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

आज देखि टाटा मोटर्स एक्सचेन्ज विक–एन्ड, कुनै पनि गाडीसँग टाटा मोटर्सको ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा

सिप्रदी र यात्रीबिच दुई पांग्रे विद्युतीय सवारी उत्पादनका लागि भएको सम्झौताले ल्याएको नयाँ आशा

“मेड इन नेपाल” दुइ पांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्नका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...