टाटा सिएरा र हुन्डाई क्रेटा: यस्तो छ, मूल्य र फिचरमा अन्तर

टाटा मोटर्सले आफ्नो नयाँ एसयूभी टाटा सिएरा भारतीय बजारमा लन्च गरिसकेको छ । उन्नत फिचर र आकर्षक डिजाइन भएको सो एसयूभीले हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नेछ । टाटा सिएरा र हुन्डाई क्रेटाको विस्तृत तुलना यहाँ प्रस्तुत गरिएको छ।

टाटा सिएराको मूल्य ११ लाख ४९ हजार भारु राखिए तापनि भविष्यमा यसको मूल्य वृद्धि हुन सक्ने कम्पनीको संकेत छ। अर्को पक्षमा हुन्डाई क्रेटा १० लाख ७३ हजार भारुबाट सुरु हुन्छ र शीर्ष भेरिएन्टको मूल्य २० लाख २० हजार भारुसम्म जान्छ।

आकारका हिसाबले हेर्दा टाटा सिएरा क्रेटाभन्दा ठूलो छ। सिएराको लम्बाइ ४३४० एमएम, चौडाइ १८४१ एमएम र उचाइ १७१५ एमएम छ भने ह्विलबेस २७३० एमएम रहेको छ। यसले २०५ एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ । क्रेटाको लम्बाइ ४३३० एमएम, चौडाइ १७९० एमएम र उचाइ १६३५ एमएम छ भने यसको ह्विलबेस २६१० एमएम र ग्राउन्ड क्लियरेन्स १९० एमएम छ।

दुबै एसयूभीमा आधुनिक र उन्नत फिचर उपलब्ध छ । टाटा सिएरामा ट्रिपल-स्क्रिन इन्फोटेनमेन्ट सेटअप, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, प्रिमियम इन्टेरियर, सफ्ट-टच सामग्री, प्यानोरामिक सनरुफ, एलईडी लाइट, मुड लाइटिङ, आकर्षक फ्रन्ट र रियर डिजाइन र ड्युअल जोन क्लाइमेट कन्ट्रोल जस्ता फिचर समावेश छ ।

हुन्डाई क्रेटा पनि प्रिमियम सुविधाहरूले भरिपूर्ण छ। यसमा स्प्लिट हेडलाइट सेटअप, ठुलो क्यास्केडिङ ग्रिल, स्टाइलिश अलोय ह्विल र आधुनिक क्याबिन डिजाइन समावेश छ । क्रेटामा प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र इलेक्ट्रोनिक पार्किङ ब्रेक उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

यी हुन् उच्च ग्राउन्ड क्लियरेन्स भएका एसयूभी(मूल्य सहित)

यी हुन् उच्च ग्राउन्ड क्लियरेन्स भएका एसयूभी(मूल्य सहित)

एसयूभीमा ग्राउन्ड क्लियरेन्स केवल प्राविधिक विवरण मात्र होइन, दैनिक...

सुरक्षित यात्राको लागि टाटा कमर्सियल गाडीहरुको आजबाट होली सर्भिस क्याम्प

सुरक्षित यात्राको लागि टाटा कमर्सियल गाडीहरुको आजबाट होली सर्भिस क्याम्प

काठमाडौं – नेपालीहरुको महान पर्व होली नजिकिदै गर्दा यातायातका साधनहरुको...

अप्रिलमा यस्तो छ टाटा मोटर्सको सवारी साधन बिक्री तथ्यांक

अप्रिलमा यस्तो छ टाटा मोटर्सको सवारी साधन बिक्री तथ्यांक

अप्रिल २०२६ मा टाटा मोटर्सले सवारी साधन बिक्रीमा उल्लेखनीय वृद्धि हासिल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...