जनवरी २६ मा पुनः लन्च हुँदैछ टाटा सफारी, यस्तो हुनेछ विशेषता

टाटा मोटर्सले हालै टाटा सफारी पुन लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले सो एसयूभी भारतमा २६ जनवरीमा लन्च गर्नेछ । टाटा सफारी दुई दशकसम्म बजारमा उपलब्ध भए पश्चात सन् २०१९ मा बन्द गरिएको थियो । यसको टिजर इमेज हालै सार्वजनिक भएको छ । 

टाटा मोटर्सको सफारी एसयूभी टाटा हेरियरको ७ सिटर एडिसन हो । हेरियरलाई नेपालमा एच५ नाममा बिक्री गरिएको छ । सो एसयूभी २०२० अटो एक्सपोमा टाटा ग्रेभिटासको नामले सार्वजनिक गरिएको थियो । यद्यपि त्यो समयमा सो कार केबल ६ सिटर थियो ।

हाल नयाँ सफारी लन्च भन्दा पहिला परीक्षणको समयमा देखा परेको थियो । यद्यपि परीक्षण समयमा सो कार पुरै कभरले ढाकिएको थियो तर सो कारमा नयाँ अलोय ह्वील देखा परेको थियो । सो कारको नोज देखि बी–पिलर सबै एच५ जस्तो देखिन्छ ।

नयाँ सफारी र एच५ मा केही फरक भने देख्न सकिन्छ । सफारीको रुफमा स्टेप्ड डिजाइन समावेश गरिएको छ । सो कारको पछाडि हेडरुम आकर्षक बनाउनको लागि र पछाडिको सिट बढाउनको लागि रियर ओभरह्याङको प्रयोग गरिएको छ । टेलल्याम्पको डिजाइनमा केही परिवर्तन गरिनुका साथै शार्क फिन एन्टिना पनि समावेश गरिएको छ ।

सो कारको इन्टेरियरमा ड्यासबोर्डमा प्रिमियम लेदर सिटको साथ साथै इक्विपमेन्ट देख्न सकिन्छ । सो कारको एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथै ८.८ इन्च फ्लोटिङ टाइप टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । एच५ मा जस्तै सो कारमा एनालग स्पिडोमिटरको साथै ७ इन्चको टीएफटी एमआईडी उपलब्ध रहेको छ ।

पावरको लागि उक्त एसयूभीमा २.० लिटर क्यारोटिक डिजेल इन्जिन समावेश गरिएको छ । जसले १७० पीएसको पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ट्रान्समिशनको लागि ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्स समावेश गरिएको छ ।

भविष्यमा सो कार ४×४ भेरिएन्टको साथै हाइब्रिड÷माइल्ड हाइब्रिड मोडलमा पेश गर्ने सम्भावना रहेको छ । नयाँ सफारीको मूल्य टाटा एच५ भन्दा अलिक महँगो हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...