टाटा मोटर्सले लन्च गर्यो सफारीको डार्क एडिसन, मूल्य ७२ हजार भारुसम्मले बढी

टाटा मोटर्सले आज भारतमा सफारीको डार्क एडिसन लन्च गरेको छ । यसअघिको रेगुलर सफारीमा डार्क थिम थप गरेर यो एसयुभी लन्च गरिएको हो । जसअनुसार यसको इन्टेरियर र एक्स्टेरियर दुबै पक्षमा डार्क थिम दिइएको छ ।

पावर ट्रेन लगायत अन्य फिचर्समा भने टाटा मोटर्सले कुनै परिबर्तन गरेको छैन । यसअघिको रेगुलर मोडलमा जडान गरिएको २.० लिटर टर्बो डिजेल इन्जिलाई निरन्तरता दिइएको यो एसयुभीको अधिकतम पवार समेत रेगुलर मोडल सरह नै रहेको छ । यो एसयुभीको पावर १७० एचपी नै कायम गरिएको हो ।

६ वटा भेरियन्टमा उपलब्ध यसको मूल्य भने रेगुलर सफारीको तुलनामा २० देखी ७२ हजार भारुसम्मले बृद्धि गरिएको छ । सबैभन्दा बढी मूल्य ६ सिट भएको एक्सजेड प्लसमा ७२ हजार र कम एक्सटी प्लस र एक्सटीए प्लसमा २० हजार भारुले बृद्धि गरिएको छ । यो एसयुभीको मूल्य १८ लाख ८५ हजार रुपैयाँदेखी २१ लाख ९४ हजार भारुसम्म निर्धारण गरिएको छ ।

यसको टप भेरियन्टमा भने वायरलेस एप्पल र एन्ड्रोइड कनेक्टीभिटी सहितको ८.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, पहिलो र दोस्रो दुबै पंक्तिमा भेन्टिलेटेड सिट, वायरलेस चार्जर, जेविएल अडिओ सिस्टम, टाटा आइआरए कनेक्टेड कार टेक, ७.० इन्चको पार्ट डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एयर प्युरिफायर र पानारोमिक सनरुफ दिइएको छ ।

यो एसयुभीले भारतीय बजारमा महिन्द्रा एक्सयुभी ७००, एमजी हेक्टर प्लस र हुन्डाई अल्काजारसंग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क हुने, सर्भिस सेन्टर पनि खुल्ने

दशैं अवधिमा टाटाको फास्ट चार्जिङ सेवा निःशुल्क हुने, सर्भिस सेन्टर पनि खुल्ने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा मोटर्सले ल्यायो नयाँ वर्ष नयाँ कार २०८१ योजना, एक्सचेन्ज बोनस र धेरै सुविधा

टाटा मोटर्सले ल्यायो नयाँ वर्ष नयाँ कार २०८१ योजना, एक्सचेन्ज बोनस र धेरै सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

४६ लाख ४९ हजार रुपैयाँमै आयो टाटा नेक्सन ईभी म्याक्स

४६ लाख ४९ हजार रुपैयाँमै आयो टाटा नेक्सन ईभी म्याक्स

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...