नयाँ टाटा पन्चको मजबुती, क्र्यास टेस्ट भिडियोले बनायो नयाँ कीर्तिमान

टाटा मोटर्सका गाडीहरू सुरक्षाको मामिलामा सधैं अग्रपङ्क्तिमा रहँदै आएका छन् । नेक्सनदेखि सिएरा हुँदै नयाँ २०२६ टाटा पन्च फेसलिफ्टसम्म आइपुग्दा कम्पनीले सुरक्षालाई अझै उच्च प्राथमिकतामा राखेको छ । हालै सार्वजनिक गरिएको एक क्र्यास परीक्षण भिडियोले टाटा  पन्चको मजबुती र यात्रु सुरक्षालाई झन् प्रस्ट पारेको छ ।

सो परीक्षणमा नयाँ टाटा पन्चलाई करिब ५० किलोमिटर प्रतिघण्टाको गतिमा एक स्थिर ट्रकसँग सिधै ठोक्काइएको थियो। दुर्घटनाका बेला कारभित्र दुई वयस्क र दुई बालबालिकाका डमी मोडलहरू राखिएका थिए। ठक्कर लगत्तै पन्चका एयरब्यागहरू तुरुन्तै खुल्यो र यात्रु क्याबिन पूर्ण रूपमा सुरक्षित रहयो । परीक्षणपछि डमीहरूलाई कुनै गम्भीर क्षति नपुगेको देखिएको छ ।

यसअघि पनि टाटा मोटर्सले सिएरा एसयूभीलाई सिधा ठक्कर परीक्षणमा उतारेको थियो, जहाँ सो गाडीले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। नयाँ पन्चले भने त्यो स्तरलाई अझै माथि पुर्‍याउँदै कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ सुरक्षा मापदण्ड स्थापित गरेको छ।

२०२६ टाटा पन्च फेसलिफ्टले भारत एनक्यापबाट ५ स्टार सेफ्टी मूल्याङ्कन प्राप्त गरेको छ। यसको सबै भेरिएन्टमा ६ वटा एयरब्याग दिइएको छ । साथै इलेक्ट्रोनिक स्टेबिलिटि प्रोग्राम, हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल, ट्रयाक्शन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा, अटो हेडल्याम्प, थ्री पोइन्ट ईएलआर सिटबेल्ट लगायत ९५ भन्दा बढी सेफ्टी फिचर समावेश छ ।

साथै यसमा भारतमै पहिलो पटक प्रयोग गरिएको आईसीएनजी ट्विन-सिलिन्डर प्रविधि र एएमटी गियरबक्स विकल्प दिइएको छ। नयाँ पन्चमा शक्तिशाली आईटर्बो इन्जिन, १०.२५ इन्चको हाई रिजोल्युसन इन्फोटेनमेन्ट सिस्टम, ६५ वाटको टाइप-सी यूएसबी चार्जर, अटो डिमिङ इनर रियर भ्यू मिरर, अटोमेटिक टेम्परेचर कन्ट्रोल, डिजिटल स्टेयरिङ ह्विल, एयर प्युरिफायर, फलो-मी हेडल्याम्प, कीलेस इन्ट्री र ९० डिग्रीसम्म खुल्ने ढोकाजस्ता फिचर प्रदान गरेको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

इलेक्ट्रिक कार भित्रिने क्रम बढ्यो, अब पालो टाटा नेक्सन इभीको

सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

काठमाडौं – विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु...

तयार हुँदै टाटा पन्च फेसलिफ्ट, कम भेरिएन्टमा आउने

तयार हुँदै टाटा पन्च फेसलिफ्ट, कम भेरिएन्टमा आउने

टाटा मोटर्सले आफ्नो लोकप्रिय माइक्रो एसयूभी पन्चलाई अपडेट गरेर ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...